२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोपटक प्लाज्मा थेरापी गरेका पुरुषको निधन



अ+ अ-

धरान । बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका ६८ वर्षीय पुरुषको निधन भएको छ। धरान उपमहानगरपालिका ८ घर भएका उनको आइतबार कोभिड अस्पतालमा उपचारका क्रममा निधन भएको बीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले  बताएका छन्। आइतबार दोस्रोपटक पुनः प्लाज्मा थेरापीको तयारी गर्दै गर्दा उनको निधन भएको हो। पन्ध्र दिन अगाडि फोक्सोमा इन्फेक्सन  भएपछि अस्पताल भर्ना भएका पुरुषको कोरोना पोजिटिभ देखिएको थियो। ट्राभल हिस्ट्री नै नभएका मृतकलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने पत्ता नलागेर कन्ट्रयाक ट्रेसिङ गर्न सकिएको छैन। धरानमा समाजिक व्यक्तिको छवी बनाएका उनको निधनले सिंगो धरान शोकमा डुबेको छ। धरानमा लामो समयदेखि हाड्यवयर व्यपार संचालन गरिरहेका मृतकका श्रीमती, एक छोरा र  दुई छोरी छन्। 

उनको हरियाली सामुदायिक वन क्षेत्रमा दाहसंस्कार गर्ने तयारी भैरहेको धरानका मेयर तिलक राईले बताए। शनिबार बीपी प्रतिष्ठानमै दोस्रो प्लाज्मा थेरापी गरिएका अर्का पुरुषको पनि निधन भएको थियो।  धरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ। सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय ४१ पुगेको छ। जसमध्ये एकसय ९० जना निको भएर घर फर्किएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए। 

सुनसरीको संक्रमितको संख्या  दैनिक वृद्धि भएको र मृतकको संख्या चार पुगेपछि सुनसरीमा भदौ १४ गतेसम्म  पसल खोल्न, हिंडडुल गर्न र यातायातका साधन संचालन गर्न प्रतिबनध लगाइएको छ। सुनसरीका १२ वटै स्थानीय निकाय निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। अन्नपुर्णपोष्ट दैनिक