६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तु तस्करः कानुनको ‘लुप होल’मा टेकेर सजिलै उम्कन्छन् हाइप्रोफाइलका तस्कर



अ+ अ-

काठमाडौं । वन्यजन्तुको ओखेटापहरा तस्कर गर्नेहरू सहजै छुट्ने गरेको पाइएको छ । पछिल्लो समयको घटनाक्रमलाई हेर्दा ‘हाइप्रोफाइल’ मानिएका वन्यजन्तुका तस्कर छुटेका छन् । यसरी छुट्ने वन्यजन्तुका तस्कर कानुनी छिद्र समातेर छुटेको पाइएको छ । ठाउँअनुसार नाम बदलेर हिंड्ने र वन्यजन्तुका तस्कर कानुनको कमजोर पक्ष समातेर छुट्ने गरेका हुन् । ८ वर्षअघि २८ पुस २०६९ मा नुवाकोट प्रहरीले ठूलो परिमाणको वन्यजन्तुको ओखेटापहरासहित तीन जनालाई पक्राउ गरेको थियो । मुख्य अभियुक्त जिमी शेर्पा भनिने लोडु डिमे फरार भएका थिए । काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा२ख ७५०४ नम्बरको गाडी नुवाकोटमा खानतलासीका क्रममा प्रहरीले बाघको छाला पाँच थान र विभिन्न हड्डी बरामद ग(यो । प्रहरी अनुसन्धानमा ती सबै लोडु डिमेद्वारा नै परिचालित पाइएको थियो । साथै उनको निवास बौद्धस्थित डिमेको घरमा छापा मारेर ३९ लाख रुपैयाँ नेपालीसहित भारतीय, चिनियाँ, अमेरिकी मुद्रा तथा मानव जस्तो देखिने हड्डीको खप्पर चार थान बरामद गरेको थियो । साथै विभिन्न जातका वन्यजन्तुका हड्डीका टुक्रा १० थान, वन्यजन्तुको छालाबाट बनेको लुगा १२ थान बरामद गरियो ।

नुवाकोट प्रहरीले डिमे, उनकी श्रीमती डिकी, गाडी चालक नकुल तामाङ र सवारी धनी सुकबहादुर तामाङलाई प्रतिवादी बनाएर मुद्दा जिल्ला वन कार्यालय नुवाकोटमा बुझाएको थियो । तर, वन कार्यालयका तत्कालीन प्रमुख प्रेमप्रसाद खनालले फरार अवस्थामा रहेको डिमेलाई १ लाख जरिमानामा छाड्ने आदेश दियो । अन्यको हकमा गाडी चालक सुकबहादुर र डिमेकी श्रीमती डिकीलाई ८० हजार धरौटीमा रिहा गर्ने आदेश ग(यो । गाडीधनी नकुल तामाङलाई ९ वर्ष कैद र ६० हजार रुपैयाँ जरिमाना गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले गैंडा, बाघ, हात्ती, चितुवाजस्ता संरक्षित वन्यजन्तु मार्ने, खरिद बिक्री गर्ने वा तिनका अंगको कारोबार गर्ने व्यक्तिलाई ५ देखि १० लाख रुपैयाँसम्म जरिमाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । तर, अदालतले ठूलो परिमाणमा वन्यजन्तुको ओखेटापखेटा तस्करी गर्नेलाई थोरै जरिमाना र कम सजायमा उन्मुक्ति दिने गरेको पाइएको छ ।

जिल्ला वन कार्यालयको फैसलाविरुद्ध सरकारी वकीलको कार्यालय तत्कालीन पुनरावेदन अदालत पाटन गयो । गाडी धनी र चालकले पनि पुनरावेदन गरे । तत्कालीन पुनरावेदन अदालतले जिल्ला वन कार्यालय नुवाकोटको अन्य फैसला सदर गर्यो, तर मुख्य अभियुक्त लोडु डिमेको फैसला भने उल्टायो । पुनरावेदन अदालतले १२ फागुन २०७१ मा कसुरको गम्भीरता र त्यसमा डिमेको भूमिकालाई हेर्दै उनलाई पाँच वर्ष कैद हुने फैसला सुनायो । वन्यजन्तुका मुख्य अभियुक्त फरार रहेकै अवस्थामा प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरोले भारतको दिल्लीबाट २१ फागुन २०७४ मा पक्राउ गरेर कैद भुक्तानका लागि नुवाकोट पठाएको थियो । कैद भुक्तानका लागि डिमेलाई नुवाकोट पठाइयो । तर, सर्वोच्चले डिमेको निवेदनको सुनुवाई गर्दै २९ असार २०७५ मा ४५ हजार रुपैयाँ जरिमानामा रिहा गर्न आदेश दियो ।

पुनरावेदन अदालतको फैसलापछि म्याद गुजारिसकेका कारण उनले सर्वोच्चमा पुनरावेदन गर्ने म्याद गुजारिसकेका थिए । तर, तत्कालीन पुनरावेदन अदालतका कर्मचारीले सम्बन्धित व्यक्ति नभेटिएको भन्दै सार्वजनिक सूचना टाँस ग¥यो । त्यसपछि उनले सोही विषयमा टेक्दै आफूले पुनरावेदन अदालतबाट भएको फैसला र सूचनाबारे अनविज्ञ रहेको तर्क गरे । उनले सो सूचना रद्द गरी पाऊँ र पक्राउ परेको मितिलाई सूचना मानेर आफूले पुनरावेदन दर्ता गराई पाऊँ भनेर निवेदन दिए । सर्वोच्चले स्वीकार ग(यो र उनलाई अदालत बाहिरबाटै मुद्दा लड्न पाउने सुविधासहित ४५ हजार जरिमानामा छाड्ने आदेश भयो । त्यसपछि अदालतले डिमेको मुद्दामा सुनुवाइ गरेको छैन । पटक–पटक सर्वोच्चले मुद्दाको पेसी सार्दै आइरहेको छ ।

त्यस्तै अर्को ठूलो वन्यजन्तुको ओखेटापखेटाको १५ वर्षदेखि फरार सूचीमा रहेको वन्यजन्तु तस्कर कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङविरुद्धको मुद्दा हो । १६ भदौ २०६२ सालमा कुन्जोक छिरिङ तामाङले ठूला परिणाममा बाघ, चितुवाको छाला र हड्डी चीनको केरुङ ओसारपसार गर्न लागेको अवस्थामा रसुवाको स्याप्रुबेसीबाट बरामद गरेको थियो । खाद्यान्न ढुवानीको ट्रकमा लुकाएर रसुवाको स्याफ्रुसम्म पुु(याएको पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई नेपाली सेनाले पक्राउ ग(यो । तर, कुन्जोक त्यति बेलादेखि फरार भएका थिए । पक्राउ परेका सबैले वन्यजन्तुको छाला चीन तस्करी गर्न कुन्जोकले लगाएको बयान दिएसँगै उनलाई मुख्य अभियुक्त बनाइएको थियो ।

निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत जगन्नाथ सिंहले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा भएको व्यवस्थानुसार अधिकतम सजाय फैसला गरे पनि सर्वोच्च अदालतको आदेशअनुसार ७ वर्ष कैद भुक्तान गरेर अन्य अभियुक्त निस्किएका छन् । सो घटनामा कुन्जोकसहित ३ जना फरार थिए । अरू दुई जना निटुप लामा र ढन्डुप लामा फरार सूचीमै छन् । फरार भएका तामाङलाई ११ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । निकुञ्जले जिल्ला अदालत रसुवामा बझाएपश्चात् १४ असारमा प्राप्त मिसिल अध्ययन गरेर निर्दोष मान्न सकिने आधार नभएको भन्दै थुनामा पठायो । उनले जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै थुनामुक्त हुनुपर्ने माग गर्दै २८ असारमा उच्च अदालतमा निवेदन दिएका छन् । उनको निवेदनमा सुनुवाइ गर्दै ३० असारमा पाटन उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराईले तामाङलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशको फाइल मगाउने आदेश दिएका थिए । त्यसपछि अदालतमा उनको निवेदनमा सुनुवाइ हुन सकेको छैैन । उनले अदालतबाट छुट्ने एउटा आधार आफू कुन्साङ भन्ने व्यक्ति नभएको भन्दै निवेदन दर्ता गराएका छन् । ठाउँ नै पिच्छे नाम बदेलर लुकीछिपी बस्दै आएका उनले आफ्नो नाम नमिलेको बहानामा छुट्न खोज्दै छन् । यद्यपि उनको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुन सकेको छैन ।

१२ फागुन २०६६ मा सर्वोच्च अदालतले वन्यजन्तुका ओखेटापखेटा ओसारपसारको अभियोगमा संलग्न पाँच जनामध्ये मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भन्ने रिसाङ लामालाई सात वर्ष कैद र एक लाख रुपैयाँ जरिमाना हुने फैसला गरेको थियो । साथै ओखेटापखेटालाई स्याफ्रु बजारसम्म पुु¥याउन सहयोग गरेको अभियोगमा अदालतले बलराम श्रेष्ठलाई पाँच वर्ष कैदको सजाय सुनायो । मालसामान राख्ने घर धनी थोप्तेन तामाङले आफूलाई थाहा नभएको बयान दिए । सोही बयानका आधारमा उनले सफाइ पाए । आरोपी सबै सजाय भुक्तान र जरिमाना तिरेर छुटिसकेका छन् ।

वन्यजन्तुको छालाको तस्करी कहाँसम्म ?

वन्यजन्तुका आखेटोपहार तस्करीमा नेपाल ट्रान्जिटका रूपमा देखिन्छ । अन्तर्राष्ट्रिय गिरोहले नेपालबाट चीन, जापान, भियतनाम, कम्बोडिया, भारतलगायतका देशमा निर्यात गर्छन् । सिआइबीका अधिकारीका अनुसार नेपालबाट मुख्य गरी चीन निकासी हुन्छ । टर्की र अफ्रिकाबाट पनि नेपालमा केही आखेटोपहार भित्रिन्छ र तिनको मुख्य बजार भने चीन, भियतनामतिरै हो । भारतका वन्यजन्तु नेपालको बाटो हुँदै चीन पुग्छन् । चिम्पान्जी र बाँदर पनि नेपालबाटै बाहिरिन्छ । चीन तस्करीका लागि दार्चुलाको यारी, हुम्लाको हिल्सा, मुस्ताङको कोरला, रसुवाको केरुङ, सिन्धुपलाञ्चोकको तातोपानी, संखुवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला नाका प्रयोग हुन्छन् । राजधानी दैनिक