७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार रक्षकले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्छः अध्यक्ष मगर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार रक्षकहरुको हक अधिकार संरक्षण गर्न र उनीहरुले प्रभावकारी रुपमा आफ्नो कार्य सम्पादन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि राज्यले आवश्यक कानूनी प्रवन्ध गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मानव अधिकार रक्षकहरुको संवद्र्धन, सुरक्षा, उनीहरुको भुमिकालाई अझ प्रभावकारी बनाउन नेपालको संविधानमा व्यवस्था गरेका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनु भयो । उहाँले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ प्रतिको नेपालको प्रतिवद्धता र नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अभिसन्धी १९६६ अनुमोदन समेतबाट हाम्रो मुलुक मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणको सवालमा जिम्मेवार रहेको कुरामा दुई मत नरहेको बताउनु भयो । मानव अधिकार रक्षकहरुको संरक्षण र संवद्र्धनको लागि मानव अधिकार रक्षको अधिकारका लागि संयुक्त राष्ट्रसंघको घोषणाा पत्र १९९८ को घरेलुकरण गर्न ढिला गरिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानव अधिकार रक्षकहरुको संवद्र्धन, सुरक्षा, उनीहरुको भुमिकालाई अझ प्रभावकारी बनाउन नेपालको संविधानमा व्यवस्था गरेका मौलिक हकहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ प्रतिको नेपालको प्रतिवद्धता र नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अभिसन्धी १९६६ अनुमोदन समेतबाट हाम्रो मुलुक मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणको सवालमा जिम्मेवार रहेको कुरामा दुई मत छैन । मानव अधिकार रक्षकहरुको संरक्षण र संवद्र्धनको लागि मानव अधिकार रक्षको अधिकारका लागि संयुक्त राष्ट्रसंघको घोषणाा पत्र १९९८ को घरेलुकरण गर्न ढिला गरिनु हुँदैन । मानव अधिकार रक्षकहरुको हक अधिकार संरक्षण गर्न र उनीहरुले प्रभावकारी रुपमा आफ्नो कार्य सम्पादन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि राज्यले आवश्यक कानूनी प्रवन्ध गर्न आवश्यक छ ।’

अध्यक्ष मगरले मानव अधिकार रक्षक तथा नागरिक समाज संस्थाहरुले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्ने र विचार तथा अभिव्यक्तिका माध्यमलाई संकुचित बनाइनु नहुने बताउनु भयो ।