२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 1.54

Humidity: 53

तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याउँछौँः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने धम्क्याउने गरेको बताउनु भयो । उहाँले यस्ता असामाजिक क्रियाकलापहरु मानव अधिकारको बिरुद्ध रहेको जिकिर गर्नुभयो । सरकारले मानव अधिकार रक्षकहरुको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्ने पनि बताउनु भयो । मानव अधिकार रक्षकहरुको सुरक्षा सरकारले गर्ने र कानूनमा कुनै कमी भए सरकारले समाधान गर्ने बताउनु भयो । मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याइने प्रतिवद्धता जनाउनु भयो । इमान्दार भएर सही उद्देश्यका लागि संघर्ष गर्नु सजिलो नभएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने, सत्य कुरा बोल्यो भने धम्क्याउने, धम्क्याउने पनि साधारण धम्की होइन, अत्यन्तै अमानवीय धम्की आउँछन् । यस्ता असामाजिक खालका क्रियाकलापहरु मानवहरुका बिरुद्ध छन् । हामी मानव अधिकार रक्षकहरुको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्दछौँ । सुरक्षा प्रदान गर्दछौँ । उनीहरुको सुरक्षाका लागि सरकारले काम गर्दछ । कानूनमा कमी छ भने त्यस्ता कमीहरु सरकारले हटाउँछ र मानव अधिकारको रक्षा गर्दछ, मानव अधिकार डिफेण्डरको रक्षा गर्दछ । मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याउँछ । यो अहिलेको सरकारको मानव अधिकार सम्बन्धी नीति हो । थुप्रै अग्रजहरुले मानव अधिकारका निम्ति धेरै योगदान गर्नुभएको छ । उहाँको आदार, सम्मान गर्न चाहन्छु । इमान्दार भएर सही उद्देश्यका लागि संघर्ष गर्नु सजिलो छैन । संघर्षका नाममा नक्कली झ्याली पिटाउनु, झुट, भ्रम फिँजाउनु, भ्रमको बादल छर्नु सजिलो हुन्छ । जे बोल्दा पनि हुनेकुरा गर्न सजिलो हुन्छ । तर निर्दिष्ट गन्तव्यका साथ अघि बढ्नु, त्यसका लागि संघर्ष गर्नु, भ्रम चिरेर सही बाटोमा देशलाई अघि बढाउनु सजिलो कुरा होइन ।’

प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन मानव अधिकार विस्तृत रुपमा प्रत्याभुति नभइ सम्भव नरहेको बताउनु भयो ।