७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने



अ+ अ-

एजेन्सी । एक अध्ययनका अनुसार दैनिक १० मिनेट मात्र हिँड्दा आयु धेरै वर्षसम्म बढ्न सक्ने पाइएको छ ।

मेडिकल जर्नल जामा इन्टरनेशनलमा प्रकाशित यो अध्ययनले देखाएको छ कि यदि कुनै व्यक्तिले दैनिक १० मिनेट मात्रै तीव्र गतिमा हिँड्ने हो भने अकाल मृत्युको जोखिम ७ प्रतिशतले कम हुन्छ ।

यदि हिँड्ने समय २० मिनेटमा बढाइयो भने अकाल मृत्युको जोखिम १३ प्रतिशतले घटाउन सकिन्छ । यदि यसलाई ३० मिनेटसम्म बढाइयो भने अकाल मृत्युको जोखिम १७ प्रतिशतले घटाउन सकिन्छ । यसको मतलब यो हो कि छिटो हिँड्दा अकाल मृत्युको जोखिम कम हुन्छ ।

हार्वर्ड मेडिकल स्कूलको एक अध्ययन अनुसार हरेक दिन मात्र ३० मिनेट हिँड्दा मुटु रोगको जोखिम १९ प्रतिशतले कम हुन्छ ।

त्यस्तै, जर्मन स्वास्थ्य संस्था रोबर्ट कोच इन्स्टिच्युटको अध्ययन अनुसार खाना खाएपछि १५ मिनेट पैदल हिँड्दा शरीर र दिमाग दुवै स्वस्थ रहन्छ ।

यसले रगतमा चिनीको मात्रा पनि नियन्त्रणमा राख्छ । यसले टाइप–२ मधुमेहको जोखिम कम गर्छ । समग्रमा, पैदल धेरै लाभदायक छ ।