१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने



अ+ अ-

एजेन्सी । एक अध्ययनका अनुसार दैनिक १० मिनेट मात्र हिँड्दा आयु धेरै वर्षसम्म बढ्न सक्ने पाइएको छ ।

मेडिकल जर्नल जामा इन्टरनेशनलमा प्रकाशित यो अध्ययनले देखाएको छ कि यदि कुनै व्यक्तिले दैनिक १० मिनेट मात्रै तीव्र गतिमा हिँड्ने हो भने अकाल मृत्युको जोखिम ७ प्रतिशतले कम हुन्छ ।

यदि हिँड्ने समय २० मिनेटमा बढाइयो भने अकाल मृत्युको जोखिम १३ प्रतिशतले घटाउन सकिन्छ । यदि यसलाई ३० मिनेटसम्म बढाइयो भने अकाल मृत्युको जोखिम १७ प्रतिशतले घटाउन सकिन्छ । यसको मतलब यो हो कि छिटो हिँड्दा अकाल मृत्युको जोखिम कम हुन्छ ।

हार्वर्ड मेडिकल स्कूलको एक अध्ययन अनुसार हरेक दिन मात्र ३० मिनेट हिँड्दा मुटु रोगको जोखिम १९ प्रतिशतले कम हुन्छ ।

त्यस्तै, जर्मन स्वास्थ्य संस्था रोबर्ट कोच इन्स्टिच्युटको अध्ययन अनुसार खाना खाएपछि १५ मिनेट पैदल हिँड्दा शरीर र दिमाग दुवै स्वस्थ रहन्छ ।

यसले रगतमा चिनीको मात्रा पनि नियन्त्रणमा राख्छ । यसले टाइप–२ मधुमेहको जोखिम कम गर्छ । समग्रमा, पैदल धेरै लाभदायक छ ।