१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

शहीदका अधुरा सपना पूरा गर्नुपर्नेछः सभामुख घिमिरे

शहीदका अधुरा सपना पूरा गर्नुपर्नेछः सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले शहीदहरुको अधुरो सपना पूरा गर्नुपर्ने चुनौति रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा सुखानी आन्दोलनका शहीदहरुको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गरेको भएपनि समाजलाई दिनुपर्ने सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि लैजाने कुरामा चुनौतिहरु देखिएको बताउनु भयो । शहीदहरुको बलिदानलाई खेर जान दिनु नहुने बताउनु भयो । शहीदहरुको अधुरो सपना साकार पार्न अहिलेका पिंढीले काम गर्नुपर्ने बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गर्यो । शहीदहरुको बलिदानले त्यो प्राप्त ग¥यो । तर यसले दिनुपर्ने अन्य समाजलाई सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि जाने, प्रतिष्पर्धा लैजाने लगायतका धेरै कुराहरुमा चुनौतिहरु देखा परिरहेका छन् । शहीदहरुको अधुरो सपना साकार गर्ने यो पिंढीले कामहरु गर्न सकोस् ।’

सुखानी आन्दोलनका शहीदहरु स्व। रामनाथ दाहाल, स्व। नेत्र घिमिरे, स्व।वीरेन राजवंशी, स्व।कृष्ण कुईंकेल, स्व। नारायणप्रसाद श्रेष्ठ, नारदमुनि थुलुङ र चिनियाँलाल सिंहको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो ।