१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु



सांकेतिक तस्बिर ।
अ+ अ-

बाजुरा । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उहाँका आफन्त दीपेन्द्र रोकायाले  बताउनुभयो । उहाँ एक सय मिटर तल खोचको खस्नुभएको हो । रासस