२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
२०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धमिनी खोलामा पुल निर्माणले स्थानीयलाई राहत



अ+ अ-

सिरहा। सिरहाको गोलबजार नगरपालिका–३ स्थित धमिनी खोलामा पुल (कजवे) निर्माण हुँदा वडा नं १ र ३ का स्थानीयलाई आवतजात गर्ने निकै सहज भएको छ ।

नगरपालिकाले श्रम–प्रधान सार्वजनिक निर्माण कार्य विकास कार्यक्रमको सहयोगमा कजवे पुल निर्माण गरेसँगै अब स्थानीयवासीले सुरक्षित रूपमा यात्रा गर्न पाउने भएका छन् ।

कजवे निर्माणमा रू १५ लाख खर्च भएको वडा नं ३ का वडाध्यक्ष धनप्रसाद लामाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब २० दिनमा उपभोक्ता समितिमार्फत सम्पन्न भएको यस पुलको निर्माण कार्यमा स्थानीयले श्रमदान गरेका थिए । लामो समयपछि खोलामा पुल निर्माण हुँदा प्रत्यक्षरूपमा गोलामुक्सारवासीलाई लाभ पुगेको छ ।

गोलबजारबाट उत्तरतर्फ करिब पाँचसय मिटरको दूरीमा रहेको धमिनी खोलामा पुल बनेसँगै स्थानीयको बजारसँगको दूरी छोटिएको छ । “वर्षौंदेखिको समस्या समाधान भएको छ । वर्षाको समयमा पनि अब सुरक्षित र सहज यात्रा गर्नसक्ने भयौँ”, स्थानीय पर्वत लामाले खुसी व्यक्त गर्दै भन्नुभयो, “पुल बनेसँगै बजारसँगको दूरी पनि छोटिएको छ । पहिले सामान ढुवानी गर्न धेरै समस्या थियो । अब पुल बनेपछि बजारसम्म सजिलै पुग्न सकिने छ ।”

वर्षाको समयमा खोला बाढी आउँदा गाउँमै थुनिनुपर्ने, जोखिमपूर्ण यात्रा गर्नुपर्ने, साइकल तथा मोटरसाइकल दुर्घटनामा पर्नेजस्ता समस्याबाट मुक्ति मिलेको अर्का स्थानीय नरबहादुर आलेले बताउनुभयो । उहाँका अनुसार वडा नं १ र ३ का करिब एकसय २० स्थानीय घरपरिवारलाई खोला पार गरेर एक गाउँबाट अर्को गाउँ जान राहत पुगेको छ ।

विगतमा पुलको अभावले आकस्मिक स्वास्थ्य सेवा समेत प्रभावित हुने गरेको भन्दै नगरप्रमुख श्यामकुमार श्रेष्ठले धमिनी खोलामा पुल बनेसँगै गर्भवती महिला, बिरामी तथा वृद्धवृद्धालाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गर्नुभयो । उहाँले पुल निर्माणले स्थानीयको दैनिक जीवन मात्र नभई आर्थिक, सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा समेत सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।रासस