२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभा बैठक : वातावरण संरक्षण विधेयक सर्वसम्मतिले पारित



फाईल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकले ‘कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सो विधेयक पारित गरियोस् भनी गर्नु भएको प्रस्तावलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।

सो विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुभएकी कोशी प्रदेशसभा सदस्य कमला दर्नालको प्रस्तावलाई आंशिक रुपमा मन्त्री मण्डलले स्वीकार गर्नुभएपछि उक्त प्रस्ताव सदस्य दर्नालले फिर्ता लिनुभएको थियो ।

‘कोशी प्रदेश वन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्राप्त संशोधनसहित दफावार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ । दफावार छलफलका लागि मन्त्री मण्डलले प्रदेशसभामा सो प्रस्ताव पेश गर्नुभएको थियो ।

कोशी प्रदेशसभा सञ्चालन नियमावली, २०७९ को अन्तिम मस्यौदाको प्रस्तावलाई प्रदेशसभा नियमावली मस्यौदा समितिमा पठाइएको छ । मस्यौदा समितिका संयोजक कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले सो मस्यौदाको प्रस्तावमाथि परेका संशोधनसहित दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भनी प्रस्ताव गर्नुभएको थियो ।

विशेष समय

प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता तिलकुमार मेङ्याङबोले यही फागुन २१ गते नेपाल कम्युनिष्ट पार्टीका लागि अविस्मरणीय दिन हो भन्दै समाज रुपान्तरण र मानव जीवनमा परिवर्तन ल्याउन शहीदहरुको उच्च योगदान रहेको चर्चा गर्नुभयो ।

शून्य समय

यस्तै प्रदेशसभाको शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु राजन किराँती, गोम्बु शेर्पा, इस्राइल मन्सुरी, गणेशप्रसाद उप्रेती, विनोद राई, यशोदा कायस्थ र निरादेवी खनालले मुलुकको समसामयिक विषयमा बोल्नुभएको थियो ।

कोशी प्रदेशसभाको अर्को बैठक यही फागुन २५ गते दिउँसो १ बजे बस्ने छ । रासस