काठमाडौँ । पाँच बुँदे सहमतिमा ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् ।
मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच पाँच बुँदे सहमति भएको हो । बैठकमा खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ ।
यस्तै, ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ ।
निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने र निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने सहमती भएको छ ।
त्यसैगरी, नेपाल एल.पी ग्यास उद्योग संघले आजदेखि एल.पी. ग्यासको आपूर्ति सहज बनाउने सहमति पनि भएको छ ।












