
एजेन्सी । युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट ‘द रणवीर सो’ पुनः सुरु गर्न अनुमति दिएको छ । सर्वोच्च अदालतले पोडकास्ट सुरु गर्न अनुमति दिँदै आफ्नो कार्यक्रममा कुनै पनि अश्लील कुरा नदेखाउन सर्त राखेको छ ।
समय रैनाको कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ मा आमाबाबुमाथि गरिएको अपमानजनक टिप्पणीको विवाद पछि उनीविरुद्ध एफआईआर दायर गरिएको थियो । त्यसपछि सेलिब्रेटीहरूले उनको पोडकास्ट ‘द रणवीर सो’ मा आउन अस्वीकार गरेका थिए ।
रणवीरले सर्वोच्च अदालतमा निवेदन दायर गर्दै आफूविरुद्ध दर्ता भइरहेको एफआईआर र पक्राउ रोक्न माग गरेका थिए । फेब्रुअरी १८ मा अदालतले उक्त निवेदनमा अन्तरिम आदेश दिँदै गिरफ्तारीलाई रोक लगाउँदै अर्को आदेश नभएसम्म कुनै पनि कार्यक्रम नगर्न भनेको थियो ।
अदालतले रणवीरमाथि तीन सर्त राखेको छ । अदालतले उनीसँग कार्यक्रमको क्रममा इलाहाबाद अदालतमा चलिरहेको मुद्दाको बारेमा कुनै टिप्पणी गर्न नपाउने, देश छोड्न नपाउने र सबै उमेरसमुहकाले हेर्न मिल्ने गरी कार्यक्रमहरू बनाउनुपर्ने शर्त राखेको छ ।