१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नेपाल वन प्राविधिक परिषद् चाँडै गठन हुन्छः मन्त्री ठकुरी

नेपाल वन प्राविधिक परिषद् चाँडै गठन हुन्छः मन्त्री ठकुरी
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वातावरण क्षेत्र चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ ।

मंगलवार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वन तथा वातावरण अहिलेको हिसावले अझै चुनौतिपूर्ण बन्दै गएको बताउनु भयो । उहाँले नेपालको वन क्षेत्र ४६ प्रतिशत पुगिरहेको बताउनु भयो । उहाँले वनको विकासको संरक्षणर संवद्र्धन गर्न सरकारले आफ्ना योजनाहरु बनाएर काम गरिरहेको बताउनु भयो । उहाँले नेपाल वन प्राविधिक परिषद् बनाउने कुरामा सरकारले आवश्यक गृहकार्य गरिरहेको र चाँडै परिषद् गठन गरेर वन प्राविधिकका समस्या समाधान गरेको बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘वन तथा वातावरण अहिलेको हिसावले अझै चुनौतिपूर्ण बन्दै गएको छ । विश्वको हिसावले हेर्ने हो भने नेपाल अत्यन्तै हामी अहिले ४५ प्रतिशतबाट करिव ४६ प्रतिशतमा पुगिरहेका छौँ । वनको विकास महत्वपूर्ण रुपमा बढ्दै गइरहेको छ । अब हामीमाथि यसको संरक्षण र संवद्र्धन कसरी गर्ने ? अहिलेको परिवेशमा मानव–वन्यजन्तुको द्वन्द्व त्यही हिसावले बढिरहेको छ । यसलाई कसरी न्युनिकरण गर्ने? कसरी गर्नसकिन्छ, कसरी व्यवस्थित गर्न सकिन्छ? यसमा पनि यहाँहरुको सुझाव र सल्लाह महत्वपूर्ण छ । दिन प्रतिदिन जलवायु परिवर्तनका असर र यसका प्रभावहरुले झनै कठिन समस्या व्यहोर्नु परिरहेको छ । वन तथा वातावरण मन्त्रालय वन प्राविधिकहरुको सल्लाह र सुझावको अपेक्षा गर्दछ । समन्वय र सहकार्यका साथ अघि बढ्नेछौँ । यहाँहरुले उठाउँदै आएको आवाज नेपाल वन प्राविधिक परिषद् बनाउने कुरा छ । त्यो अहिले प्रक्रियामा रहेको छ । हामी चाँडै नै यसलाई निस्कर्षमा पु¥याएर नेपाल वन प्राविधिक परिषद् निर्माण गरेर यहाँहरुका हक, अधिकार र आवाज सुनिश्चित गर्ने कुरामा वन मन्त्रालय प्रतिवद्ध छ ।’

मन्त्री ठकुरीले दिन प्रतिदिन जलवायु परिवर्तनका असर र प्रभावहरुले बढिरहेको बताउनु भयो ।