२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वन प्राविधिक परिषद् चाँडै गठन हुन्छः मन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वातावरण क्षेत्र चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ ।

मंगलवार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वन तथा वातावरण अहिलेको हिसावले अझै चुनौतिपूर्ण बन्दै गएको बताउनु भयो । उहाँले नेपालको वन क्षेत्र ४६ प्रतिशत पुगिरहेको बताउनु भयो । उहाँले वनको विकासको संरक्षणर संवद्र्धन गर्न सरकारले आफ्ना योजनाहरु बनाएर काम गरिरहेको बताउनु भयो । उहाँले नेपाल वन प्राविधिक परिषद् बनाउने कुरामा सरकारले आवश्यक गृहकार्य गरिरहेको र चाँडै परिषद् गठन गरेर वन प्राविधिकका समस्या समाधान गरेको बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘वन तथा वातावरण अहिलेको हिसावले अझै चुनौतिपूर्ण बन्दै गएको छ । विश्वको हिसावले हेर्ने हो भने नेपाल अत्यन्तै हामी अहिले ४५ प्रतिशतबाट करिव ४६ प्रतिशतमा पुगिरहेका छौँ । वनको विकास महत्वपूर्ण रुपमा बढ्दै गइरहेको छ । अब हामीमाथि यसको संरक्षण र संवद्र्धन कसरी गर्ने ? अहिलेको परिवेशमा मानव–वन्यजन्तुको द्वन्द्व त्यही हिसावले बढिरहेको छ । यसलाई कसरी न्युनिकरण गर्ने? कसरी गर्नसकिन्छ, कसरी व्यवस्थित गर्न सकिन्छ? यसमा पनि यहाँहरुको सुझाव र सल्लाह महत्वपूर्ण छ । दिन प्रतिदिन जलवायु परिवर्तनका असर र यसका प्रभावहरुले झनै कठिन समस्या व्यहोर्नु परिरहेको छ । वन तथा वातावरण मन्त्रालय वन प्राविधिकहरुको सल्लाह र सुझावको अपेक्षा गर्दछ । समन्वय र सहकार्यका साथ अघि बढ्नेछौँ । यहाँहरुले उठाउँदै आएको आवाज नेपाल वन प्राविधिक परिषद् बनाउने कुरा छ । त्यो अहिले प्रक्रियामा रहेको छ । हामी चाँडै नै यसलाई निस्कर्षमा पु¥याएर नेपाल वन प्राविधिक परिषद् निर्माण गरेर यहाँहरुका हक, अधिकार र आवाज सुनिश्चित गर्ने कुरामा वन मन्त्रालय प्रतिवद्ध छ ।’

मन्त्री ठकुरीले दिन प्रतिदिन जलवायु परिवर्तनका असर र प्रभावहरुले बढिरहेको बताउनु भयो ।