२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार संकटका पोका बोकेर हिँडेको छ, अध्यादेश पनि त्यसकै उदाहरण होः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश भएको टिप्पणी गर्नुभएको छ ।

मंगलवार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्यो ? भनेर प्रश्न समेत गर्नुभयो । उहाँले संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानूनहरु सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उहाँले सामान्य रुपमा कानून बनाउने कुरामा कसैको पनि अवरोध नगरेको उल्लेख गर्नुभयो । उहाँले सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उहाँको भनाइ छ । उहाँले अध्यादेश ल्याउनुपर्ने प्रक्रिया नमिलेकै कारण आफ्नो पार्टी अध्यादेशको समर्थन गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाईको सरकार भारी बर्कम सरकार भएपनि अनेक संकट पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अधयादेश पनि हो । अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा , जब कि संविधान अनुरुप कुनैपनि ऐनहरु सामान्य रुपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन । अध्यादेशहरु तत्काल कानून बनाउन नसकेको विशेष अवस्थामा ल्याइने चिज हो । त्यस्तो के विषेश अवस्था छ त अहिले नेपालमा ? त्यो त सरकारले कुनै परिभाषित गर्न सकेको पनि छैन । त्यसकारण यसको प्रक्रियाकै हिसावले पनि हाम्रो पार्टी, हाम्रो पार्टीको संसदीय दलले यस अध्यादेशलाई समर्थन गर्न सक्दैन ।’

उहाँले वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा मेनपावर कम्पनी खोलेर बसेको गम्भिर आरोप लगाउनु भयो ।