१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कोषमा अझै बढ्न सकेन आकर्षण, कार्यविधि संशोधनले बढ्ला त ?



अ+ अ-

काठमाडौँ । सरकारले शुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि आकर्षण कम देखिएको छ । सामाजिक सुरक्षा कोषकाअनुसार २० हजार १९० प्रतिष्ठानमा काम गर्ने ५ लाख ६५ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सहभागि भएका छन् ।

२०७८ को जनगणनाअनुसार नेपालको कुल श्रमशक्ति करिब १ करोड ६८ लाख रहेको अनुमान छ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको संख्या २५ लाखदेखि ३५ लाखसम्म हुनसक्ने अनुमान छ । औपचारिक क्षेत्रकै ठूलो जनशक्ति अहिलेसम्म सामाजिक सुरक्षा कोषमा जान सकेको छैन ।

आकर्षण बढ्न नसकिरहेकै बेला सरकारले भने कार्यविधि संशोधन गरेको छ । सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा योजनामा थप आकर्षण बढाउनकै लागि कार्यविधि पाँचै पटक संशोधन गरिएको र यो लागू भइसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘कार्यविधि संशोधन गरेर सुविधाहरु थपिएको छ । कोषले यसअघि योगदानकर्ता र दम्पतीसमेतलाई सुविधा दिँदै आएकोमा अब छोराछोरीले समेत पाउने गरि गरिएको छ । ६० महिना योगदान गर्ने योगदानकर्ताको १ लाखले उपचार सम्भव नहुने अवस्थामा १० लाख रूपैयाँसम्मको खर्चमा तोकिएका अस्पतालमा उपचार गर्दा लागेको खर्चको ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था थपिएको छ । दुर्घटनामा परेमा योगदानकर्ताको उपचारमात्रै गर्ने यसअघिको व्यवस्थामा अहिले योगदानकर्ताका दम्पती वा सन्ततिको पनि १ लाखसम्म सुविधाको प्रावधान राखिएको छ ।’

संशोधित व्यवस्थाअनुसार पछिल्लो ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, उसको पति वा पत्नी र १८ वर्षमुनिका छोराछोरीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउने भएका छन् । योगदानकर्तालाई अरु दुर्घटनामा ७ लाख नबढ्नेगरी र कामको सिलसिलामा भएको दुर्घटनामा भने लागेको सबै व्यहोर्ने व्यवस्था छ ।

कोषमा योगदान गर्न शुरु गरेका योगदानकर्ताले पहिलो तीन महिनाको लगातार योगदान गरेपछि सुविधा प्रारम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भई योगदान गर्न छाडेको ३ महिनासम्म लागू रहने जस्ता नयाँ व्यवस्था राखिएको छ । सामाजिक सुरक्षा कोषमा हालसम्म ७५ अर्ब ३६ करोड संकलन भइसकेको छ । यो कार्यक्रम अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केपी ओलीले शुभारम्भ गर्नुभएको थियो ।