२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीम इन्डियाको जितको कामना गर्दै फ्यानहरुले काशीमा शिव अभिषेक गरे



अ+ अ-

एजेन्सी । च्याम्पियन्स ट्रफीमा आज भारत र अष्ट्रेलियाबीचको सेमिफाइनल खेल दुबईको अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ ।

सन् २०२३ मा भएको एकदिवसीय विश्वकपको फाइनलमा भारत अस्ट्रेलियासँग घरेलु मैदानमा पराजित हुँदै स्तब्ध भएको थियो । एक पटक फेरी अस्ट्रेलियासँगको हार टार्न क्रिकेट फ्यानहरू प्रार्थना गरिरहेका छन् ।

बिहानैदेखि क्रिकेट फ्यानहरू सेमिफाइनलमा भारतको जितका लागि आ–आफ्नो तरिकाले प्रार्थना गरिरहेका छन् । बनारसका क्रिकेट फ्यानहरूले भारतको जितका लागि सारनाथ शिव मन्दिरमा ११ लिटर दूधले भगवान शिवलाई अभिषेक गरेका छन् ।

आलोक शरणले भारतको जितका लागि प्रार्थना गरेको बताएका छन् । उनले दैनिक भाष्करसँग भने, हामी भारतले २०२३ ओडीआई विश्वकपको फाइनलमा भएको हारको बदला लिन चाहन्छौं । हामीले भारतीय कप्तान रोहित शर्माबाट धेरै अपेक्षा गरेका छौं । योसँगै हामी विराट कोहलीको उत्कृष्ट ईनिङ हेर्न चाहन्छौ ।’

राजस्थानका युवा फ्यानहरूले पनि भारत र अष्ट्रेलियाबीच कडा प्रतिस्पर्धा हुने बताएका छन् । भारतले जितमा रोहित, विराट र शुभमन गिलले राम्रो पारी खेल्ने अपेक्षा गरिएको छ ।

रविन्द्र जडेजाकी श्रीमतीले भनिन्– यो खेल भारतले जित्नेछ

भारत र अष्ट्रेलियाबीच आज हुने खेलको बारेमा कुरा गर्दै टीम इण्डियाका अलराउन्डर रविन्द्र जडेजाकी पत्नी तथा बीजेपी विधायक रिवाबा जडेजाले यो खेल भारतले जित्ने बताएकी छिन् । उनले भनिन् , ‘हामीले यो खेल जित्ने छौं । भारत र पाकिस्तानपछि भारत र अष्ट्रेलियाबीचको खेल पनि निकै रोमाञ्चक छ । म मात्र होइन, भारतभरका क्रिकेटप्रेमीहरूलाई हामी सेमिफाइनलको अवरोध अवश्य पार गर्नेछौं भन्ने पूर्ण विश्वास छ।

हेड–टु–हेड मा अस्ट्रेलिया अगाडि

भारत र अस्ट्रेलियाबीच अहिलेसम्म १५१ ओडीआई खेलिएको छ । जसमा भारतले ५७ खेल जितेको छ भने अष्ट्रेलिया ८४ खेल जितेको छ । १० खेलमा नतिजा आएको छैन । दुबईमा भने दुवै टोली पहिलो पटक भिड्दैछन् । भारतले प्रतियोगितामा आफ्ना तीनवटै खेल यही मैदानमा खेलेको थियो भने अष्ट्रेलियाले तीनवटै खेल पाकिस्तानमा खेलेको थियो।

आईसीसी प्रतियोगितामा पनि अष्ट्रेलिया अगाडि

आईसीसीका दुई ओडीआई प्रतियोगिताहरू विश्वकप र च्याम्पियन्स ट्रफीमा अष्ट्रेलिया अगाडि रहेको छ । यी दुई टोलीबीच हालसम्म १८ पटक भिडन्त भएको थियो । जसमा भारतले ७ र अष्ट्रेलियाले १० पटक जितेको छ । यस अवधिमा एक खेल पनि अनिर्णित रह्यो ।

आईसीसी प्रतियोगिताको नकआउटमा भने दुवै टोली ९ औं पटक भिड्दैछन् । यसअघिका ८ खेलको नतिजा बराबरी रहेको थियो । दुवैले ४–४ पटक जितेका छन् ।