२९ श्रावण २०८३, शुक्रबार
,
Latest
शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाईनलमा आज भारत र अष्ट्रेलिया भिड्दै, यस्तो छ हेड–टु–हेड



अ+ अ-

एजेन्सी । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । दुबईको अन्तर्राष्ट्रिय रंगशालामा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ । यहाँ दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

दुवै टोली आईसीसी प्रतियोगिताको नकआउटमा भने ९ औं पटक भिड्दैछन् । यसअघिको भिडन्तमा दुवैले ४–४ जित हात पारेका थिए । यी दुईको अन्तिम भेट २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भएको थियो । विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै स्तब्ध बनाएको थियो ।

 हेड–टु–हेड: एकदिवसीयमा अस्ट्रेलियाको अग्रता

भारत र अस्ट्रेलियाबीच अहिलेसम्म १५१ ओडीआई खेलिएको छ । जसमा भारतले ५७ खेल जितेको छ भने अष्ट्रेलिया ८४ खेल जितेको छ । १० खेलमा नतिजा आएको छैन । दुबईमा भने दुवै टोली पहिलो पटक भिड्दैछन् । भारतले प्रतियोगितामा आफ्ना तीनवटै खेल यही मैदानमा खेलेको थियो भने अष्ट्रेलियाले तीनवटै खेल पाकिस्तानमा खेलेको थियो।

आईसीसी प्रतियोगितामा पनि अष्ट्रेलिया अगाडि

आईसीसीका दुई ओडीआई प्रतियोगिताहरू विश्वकप र च्याम्पियन्स ट्रफीमा अष्ट्रेलिया अगाडि रहेको छ । यी दुई टोलीबीच हालसम्म १८ पटक भिडन्त भएको थियो । जसमा भारतले ७ र अष्ट्रेलियाले १० पटक जितेको छ । यस अवधिमा एक खेल पनि अनिर्णित रह्यो ।

आईसीसी प्रतियोगिताको नकआउटमा भने दुवै टोली ९ औं पटक भिड्दैछन् । यसअघिका ८ खेलको नतिजा बराबरी रहेको थियो । दुवैले ४–४ पटक जितेका छन् ।

दुबै टोलीको सम्भावित प्लेइङ–११ः

भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, कुलदीप यादव, हर्षित रानारवरुण चक्रवर्ती र मोहम्मद शामी।

अष्ट्रेलियाः स्टीभ स्मिथ (कप्तान), ट्राभिस हेड, ज्याक फ्रेजर मगार्चरकुपर कोनोली, मार्नस लाबुस्चेन, जोश इंग्लिस (विकेटकीपर), एलेक्स केरी, ग्लेन म्याक्सवेल, नाथन एलिस, बेन द्वारशा, एडम जाम्पा, तनवीर सांघा।