१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

साफ च्याम्पियनसिप जित्ने लक्ष्य हुनेछ– नवनियुक्त फुटबल प्रशिक्षक म्याट रस

साफ च्याम्पियनसिप जित्ने लक्ष्य हुनेछ– नवनियुक्त फुटबल प्रशिक्षक म्याट रस
अ अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको नवनियुक्त प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आईतवारदेखि लागू हुनेगरी अस्ट्रेलियन प्रशिक्षक म्याट रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । एन्फाले सोमवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्ट्रेलियन प्रशिक्षक म्याटले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका हुन् । उनले एशियन कप क्वालिफायरमा राम्रो नतिजा दिलाउन प्रयास गर्ने आशा व्यक्त गरेका छन् । नेपाली फुटबल टोलीमा क्षमतावान् खेलाडी रहेको र महिला टोलीमा पनि क्षमतावान् खेलाडी रहेको प्रशिक्षक म्याटको भनाइ छ ।

व्यक्तिगत रूपमा केही खेलाडीमा उत्कृष्ट क्लास रहेको उनले बताए । अनभुवी प्रशिक्षकले केही देशहरूलाई विश्व फुटबलमा उत्कृष्ट टिम दिएको स्मरण गर्दै उनले तीमध्ये एक आइसल्यान्ड रहेको उल्लेख गरे । फुटबल विकास गर्न तल्लो तहदेखि खेलाडी र प्रशिक्षकको प्रशिक्षक अगाडि बढाउनुपर्ने उनको धारणा छ । प्रशिक्षक म्याटले आफू नेपाली टोलीसँग काम गर्न उत्साहित रहेको उल्लेख गर्दै केही खेलाडीलाई केपी ओली कप र झापाको फुटबल प्रतियोगितामा हेरेको बताएका छन् । ती खेलाडी र कोचिङ स्टाफसँग काम गर्न आफू उत्साहित रहेको पनि उनले उल्लेख गरे । उनीहरूसँग मिलेर सफलता प्राप्त गर्ने उनको भनाइ छ ।

उनले सफलताका लागि धेरै चुनौती रहे पनि चुनौती लिन नै आफूलाई मनपर्ने र त्यसैले पनि प्रशिक्षक बनेको धारणा व्यक्त गरेका छन् । साथै उनले अस्ट्रेलियामा रहेर सेमि प्रोफेसनल फुटबल खेलिरहेका खेलाडीका लागि सदैव ढोका खुला रहेको पनि बताए । अस्ट्रेलियन प्रशिक्षक म्याटले राम्रो टोली बनाउनका लागि राम्रा खेलाडीका लागि ढोका खुला रहेको उल्लेख गर्दै आफू दीर्घकालिन लक्ष्य लिएर आएको धारणा राखेका छन् । उनले नेपाली यु–२० मा पनि उत्कृष्ट खेलाडी रहेको र उनीहरूलाई कुनै पनि हालत गुमाउन नचाहने पनि उल्लेख गरे ।

नेपालमा फुटबलप्रतिको क्रेज र जोश अविश्वसनीय रहेको र ती जोशलाई एक बनाएर नेपाली फुटबललाई नयाँ उचाइमा पु¥याउने आफ्नो प्रमुख जिम्मेवारी हुने बताएका छन् । म्यानमारसँग नेपाली महिला टोलीको खेल हेरेको र खेल मैदानको वातावरण धेरै उत्साहजनक रहेको उल्लेख गरे । आफ्नो प्रमुख जिम्मेवारी नै फुटबलप्रति नेपालीको जोशलाई एकठाउँमा ल्याएर नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउनु हुने उनको विश्वास छ । उनले बलियो टोली निर्माण गर्दै आम मानिससम्म त्यसलाई जोड्न प्रयास गर्ने बताएका छन् । आफूले विभिन्न देशको टोली र क्लब गरी करिब २० वर्ष फुटबल प्रशिक्षण गराएको पनि उनले उल्लेख गरेका छन् ।

प्रशिक्षक म्याटले सफलता प्राप्त गर्नका लागि नेपाली टोलीमा राम्रो वातावरण सिर्जना गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।