१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अस्पताल भर्ना भएका पोपको अवस्था स्थिर, अक्सिजनको सहायता जारी: भ्याटिकन

अस्पताल भर्ना भएका पोपको अवस्था स्थिर, अक्सिजनको सहायता जारी: भ्याटिकन
अ अ+ अ-

एजेन्सी । पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको एक दिनपछि भ्याटिकनले सोमबार अस्पतालमा १७ औँ रात विताएको र उहाँले उपचारबाट आराम महशुस गरिरहेको जनाएको छ ।

अर्जेन्टिनामा जन्मनुभएका क्याथोलिक चर्चका प्रमुख पोपलाई ‘ब्रोन्काइटिस’का कारण फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उहाँलाई निमोनियासमेत देखिएको थियो ।

शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि सम्बन्धित उपचार भएको र शनिबार उहाँको अवस्था ‘स्थिर’ रहेको भ्याटिकनले बताएको छ ।

“पोपले रातभर आराम गर्नुभयो,” क्याथोलिक चर्च र भ्याटिकन सिटीको प्रशासनिक निकाय ९होली सी० ले सोमबार बिहान जारी गरेको संक्षिप्त अपडेटमा भनिएको छ।

विश्वका करिब एक अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीका नेतालाई शुक्रबार र शनिबार ‘नन इन्भेसिभ मेकानिकल भेन्टिलेसन’ अर्थात् भेन्टिलेसन मास्कको आवश्यकता परेको र अझै पनिधेरै मात्रामा अक्सिजन लिइरहेको भ्याटिकनले आइतबार जनाएको छ ।

उहाँलाई ज्वरो नआएको र आइतबार बिहान उहाँले सामूहिक जमघटमा भाग लिनुभएको थियो र बाँकी दिन प्रार्थनासँगै आराम गरिरहनुभएको थियो ।

भ्याटिकनस्रोतका अनुसार शुक्रबारको सङ्कटको ४८ घण्टा बितिसक्दा पनि यो घटनाबाट थप कुनै परिणाम नआएको देखिएको छ ।

यद्यपि, होली सीद्वारा जारी वक्तव्यमा भनिएको छ, “उहाँको स्वास्थ्यको रिपोर्टमा देखिएको जटिलतालाई ध्यानमा राख्दै उहाँको स्वास्थ्यमा सुधारसम्बन्धी केही निष्कर्ष निकालिहाल्न सम्भव छैन ।”

फ्रान्सिसले आइतबार भ्याटिकनका विदेशमन्त्री इटालियन कार्डिनल पिएत्रो पारोलिन र भेनेजुएलाका आर्कबिशप एडगर पेना पारासँग सामान्य कुराकानी गर्नुभएको थियो ।

मार्च २०१३ देखि पोप रहेका ‘जेसुइट’को जेमेलीको १० औं तल्लामा पोपका लागि छुट्याइएको विशेष ‘सुइट’मा उपचार भइरहेको छ ।

जर्ज बर्गोग्लियोमा जन्मेका फ्रान्सिसले लगातार तेस्रो आइतबार एन्जेलसको परम्परागत प्रार्थनामा सहभागी हुनुभएन तर प्रार्थनामा पोपद्वारा लिखित सन्देश पढेर सुनाइएको थियो ।

सन्देशमा पोपले प्रार्थनाका लागि शुभचिन्तकहरूलाई धन्यवाद दिँदै भन्नुभयएको छ, “म तपाईंहरूको सबै स्नेह र घनिष्ठता महसुस गर्छु र यस विशेष समयमा, मलाई लाग्छ कि मलाई सबै परमेश्वरका भक्तहरूले ‘बोकेका’ छन् र समर्थन गरेका छन्। तपाईँहरू सबैलाई धन्यवाद ।”