२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजलाई बदल्न विद्रोह जरुरीः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरुरी रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भएपनि पार्टीका सीमाहरुलाई कहिल्यै उल्लंघन नगरेको पात्राका रुपमा चित्रण गर्नुभयो । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हाँसिल हुनसक्ने कुरा उहाँको जीवनीबाट लिन सकिने बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीमाथि किन घेराबन्दी भइरहेको छ भन्नेकुराको विमर्श गर्न जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्री ओली नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र रहेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘समाजलाई बदल्नु छ भने विद्रोह त गर्नैपर्छ । तर अनुशासित विद्रोहको प्रतिनिधि पात्र हो भन्ने म ठान्दछु । लामो समय उहाँ आन्दोलनभित्र फरक मतमा रहनुभयो तर पार्टीका सीमाहरुलाई कहिल्यै उल्लंघन गर्नुभएन । त्यही भएर उहाँ अहिले पार्टीको शिर्ष स्थानमा हुनुहुन्छ । दिशा बदल्न चाहनेहरु, विद्रोह गर्न चाहनेहरुले सिक्नैपर्ने पाठ भनेको उल्लंघन गर्नु हुँदैन । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हाँसिल हुनसक्छ । सीमालाई उल्लंघन गर्नेहरु असफल भएर जान्छन् भन्नेकुरा केपी ओलीको जीवन संघर्षबाट सिक्नुपर्ने पाठ हो ।’

महासचिव पोखरेलले प्रधानमन्त्री ओली नपढेको मान्छे नभइ पढ्न नपाएको मान्छे भएको बताउनु भयो । ज्ञानका दृष्टिकोणले पढेका मान्छेहरु भन्दा बढी जानकारी रहेको व्यक्ति भएको बताउनु भयो ।