१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
अ अ+ अ-
मोरङ । विराटनगर विमानस्थललाई स्त्तरोत्रति गर्ने कार्यअनुरुप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रूत गतिमा भइरहेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन भवनको विसं २०७९ फागुन १ गते तत्कालीन संस्कृति, पर्यटन  तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गर्नुभएको थियो । भवन निर्माण आगामी २०८२ मङ्सिरभित्र सम्पत्र गर्ने लक्ष्य छ । नयाँ टर्मिनल भवन निर्माणमा दैनिक २२५ कामदारले बिहान ७ देखि राति १० बजेसम्म दुई ‘सिफ्ट’मा  काम गरिरहेको जनाइएको छ ।
कोशी÷डाँफे जेभी निर्माण कम्पनीले रु तीन अर्ब १२ करोडको लागतमा भवन निर्माणको ठेक्का लिएको हो । भवनमा प्रतिघण्टा ५५० यात्रु बस्ने क्षमताको हुनेछ भने १७ वटा चेक इन काउन्टर, अति विशिष्ट कक्ष, बालबालिकाको खेल्ने स्थल, विशिष्ट कक्ष, पत्रकार सम्मेलन कक्ष, भन्सार, अध्यागमन, भन्सार, क्वारेन्टिइन तथा व्यावसायिक विभित्र पसल तथा कक्ष रहनेछन् ।
प्रदेशको राजधानी रहेको विराटनगरमा आगामी दिनमा हवाई यात्रुको सङ्ख्या बढ्ने सक्ने सम्भावनाका आधारमा भवन निर्माण गरिएको इन्जिनियर खड्काको भनाइ छ । तीनतले सो भवनमा चारवटा लिफ्ट र चारवटा स्काइलेटर रहेछन् ।
विराटनगर नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी युवराज अधिकारीले हाल विमानस्थलबाट दैनिक दुई हजार यात्रुहरुले सेवा लिइरहेको बताउनुभयो । विमानस्थलमा हाल दैनिक रुपमा बुद्ध एयरले नौ, यतिले छ र श्री एयलाइन्सले चारवटा उडान गरिरहेका छन् ।
निर्माण कम्पनीका इन्जिनियर रमेश पौडेलले अत्याधुनिक प्रविधिको प्रयोग गरी भवन निर्माण गरिएको बताउनुभयो । उहाँले तोकिएको समयमै काम पूरा गर्ने गरी लागिएको बताउनुभयो । आगामी दिनमा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने गरी भवनमा निर्माण गरिएको उहाँको भनाइ छ ।
भारत सरकारको सहयोगमा विसं २०२५ मा निर्माण गरिएको विराटनगर विमानस्थलले कूल १२२ बिघा क्षेत्रफल ओगटेको छ । विराटनगर–११ का व्यवसायी अर्जुन सुवेदीले काठमाडौँपछि ठूलो सहरका रुपमा रहेको यस क्षेत्रबाट भारतको नयाँ दिल्ली, बनारस, कोलकाता र बङ्गलादेशमा उडान भएमा यस क्षेत्रमा पर्यटकहरुको आवागनमा वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
विराटनगर विमानस्थलबाट केही समयअगाडि पोखरा, भैरहवा र हिमाली उडान भएका थिए । यस्तै, नेकोन एयरले केही वर्षअगाडि विमानस्थलबाट भारतको कोलकाताको उडान गरेको थियो ।
विमानस्थल कार्यालयले विमानस्थलले गत आर्थिक वर्षमा रु १७ करोड ५६ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।  साथै सन् २०२४ मा विमानस्थलमार्फत तीन लाख २९ हजार ८९ यात्रुहरु यहाँबाट प्रस्थान गरेका थिए भने तीन लाख २९ हजार ९४९ यात्रुहरुको आवागमन भएको थियो । सोही अवधिमा पाँच हजार ७५४ पटक विमानको आगमन भएको थियो भने पाँच हजार ७५६ वटा विमान गरेका थिए ।