५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ ।