२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याब्सनको १६ औं राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते हुने



अ+ अ-

काठमाडौँ । फागुन २६ र २७ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशन हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले आउँदो २६ र २७ गते काठमाडौंको कमलादीमा १६ औं राष्ट्रिय महाधिवेशन गर्ने भएको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै प्याब्सनका अध्यक्ष डिके ढुंगानाले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने जानकारी दिनुभयो । उहाँले सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री पनि सहभागी हुने बताउनु भयो । उहाँले महाधिवेशनमा शुभेच्छुक संस्थाहरु,विदेशी, शुभेच्छुकहरु पनि सहभागी हुने बताउनु भयो । उहाँले यस पटक डिजिटल माध्यमबाट दर्ता प्रणाली सम्पन्न गरेको र १ हजार ५ सय ४ जना प्रतिनिधिहरु सहभागी हुने जानकारी दिनुभयो । ४० जना पर्यवेक्षकहरु रहेको र केही पर्यवेक्षण गर्न माग गरिएको बताउनु भयो ।

अध्यक्ष ढुंगानाले सबै गरी २ हजार बढी प्रतिनिधि सहभागी हुने र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताउनु भयो ।