१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग

नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग
अ अ+ अ-

काठमाडौँ । नेपाल वन प्राविधिक संघले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ ।

संघको स्वर्ण जयन्तीको अवसरमा आयोजित नीति संवाद कार्यक्रममा नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपाल वन प्राविधिक परिषद् गठन गरेर जनसँग सम्बन्धित समस्याहरुको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले वनका कामहरु गर्नका लागि वनका प्राविधिकहरुको आधिकाररिकता दिन नेपाल वन प्राविधिक परिषद् आवश्यक हुने बताउनु भयो । परिषद् गठन भएको खण्डमा आधिकारिक रुपमा काम गर्न पाइने बताउनु भयो । वन व्यवस्थापनमा प्राविधिकहरुको कमी रहेको उल्लेख गर्नुभयो । परिषद् भएको खण्डमा वनसँग जोडिएका कामहरु पनि छिटो छरितो हुने बताउनु भयो । साथै सामुदायिक वनहरुको नविकरणमा पनि सहयोग पुग्ने बताउनु भयो । उहाँले ४६ प्रतिशत वन क्षेत्रलाई अवहेलना नगर्न चेतावनी दिनुभयो । परिषद् गठन गरेर वनसँग सम्बन्धित कामहरु गरेको खण्डमा स्वदेशमै वन प्राविधिकहरुले रोजगारी पाउने र वनसँग सम्बन्धित क्षेत्रमा अन्य रोजगारीको सिर्जना हुने उल्लेख गर्नुभयो । विज्ञानमा आधारित वन व्यवस्थापन अहिलेको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानव—वन्यजन्तु द्वन्द्वको व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा एउटा छलफल गरिरहेका छौँ भने अर्को वन डढेलोको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को छलफल भइरहेको छ । फागुन २० गते उपराष्ट्रपतिको प्रमुख आतिथ्यतामा ५० वर्षभर गरेका कामहरुको स्मारिका विमोचनको साथै शुरुवात गरिएको नेपाल वन प्राविधिक संघको शुरुवातताकाका समितिहरुलाई सम्मान गर्ने कार्यक्रम छ । वन व्यवस्थापनको कुरा प्रमुख छ । नेपालमा ४६ प्रतिशत वन हुँदाहुँदै पनि विदेशबाट काठ आयातित भइरहेको छ । यहाँका श्रम शक्तिहरु बाहिर रोजगारीका लागि गइरहेका छन् । वन संवद्र्धनमा आधारित वन व्यवस्थापन वा विज्ञानमा आधारित वन व्यवस्थापन हुनुपर्छ । सरकार यसमा गम्भीर हुनुपर्छ । वन विकाससँग जोडिन नेपाल वन प्राविधिक परिषद् गठन तत्काल हुनुपर्छ । त्यसले वन प्राविधिकलाई वन र वन विकास गर्नका लागि सहज हुन्छ ।’

उहाँले वन क्षेत्र राज्यको प्राथमिकतामा नहुँदा वन प्राविधिक र उपभोक्ताहरु समस्यामा परेको बताउनु भयो । संघले फागुन २० गते उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा स्वर्ण जयन्ती मनाउँदै छ ।