१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

भारत र न्यूजिल्याण्डको खेलका रोचक क्षणहरूः फिलिप्सले ०.६२ सेकेन्डमा क्याच गरे, कोहलीले अक्षरको खुट्टा ढोगे

भारत र न्यूजिल्याण्डको खेलका रोचक क्षणहरूः फिलिप्सले ०.६२ सेकेन्डमा क्याच गरे, कोहलीले अक्षरको खुट्टा ढोगे
अ अ+ अ-

एजेन्सी । च्याम्पियन्स ट्रफीको १२ औं खेलमा भारतले न्यूजिल्याण्डलाई ४४ रनले पराजित गरेको छ । दुबई स्टेडियममा श्रेयस अय्यरको ७९ रनमा भारतले २४९/९ रन बनाएको थियो । वरुण चक्रवर्तीको ५ विकेटमा न्यूजिल्याण्ड ४५.३ ओभरमा २०५ रनमा सीमित रह्यो ।

आइतबार समुहचरणको अन्तिम खेलमा केहि रोचक क्षणहरु भएका छन् । खेलको क्रममा फिलिप्सले हावामा हाम फालेर एक हातले कोहलीलाई क्याच आउट गराएका थिए । यस्तै, विलियम्सनले बायाँ हातले जडेजाको डाइभिङ क्याच लिएका थिए भने दोस्रमे ईनिङमा विलियम्सनलाई आउट गराए बापत कोहलीले अक्षरको खुट्टा ढोगेका थिए ।

हेरौँ भारत र न्यूजिल्याण्डको खेलमा भएका केहि रोचक क्षणहरुः

१.भारतले लगातार १३ औं टस हार्यो

आईतबार भारतीय टोलीले लगातार १३ औं पटक टस हारेको थियो । टोलीले २०२३ को विश्वकप सेमिफाइनल पछि लगातार १३ औं टस हारेको थियो । न्युजिल्यान्ड विरुद्ध रोहितले आफ्नो कप्तानीमा लगातार दशौं टस हारेका हुन् ।

२.फिलिप्सको डाइभिङ क्याच

भारतले ७ औं ओभरमा आफ्नो तेस्रो विकेटमा विराट कोहलीलाई गुमाएको थियो । म्याट हेनरीले ओभरको चौथो बल अफ स्टम्पबाहिर फ्याकेका थिए । ब्याकवर्ड पोइन्टमा उभिएका ग्लेन फिलिप्सले हावामा हाम फालेर एक हातले उत्कृष्ट क्याच लिए । फिलिप्स क्रिजबाट २३ मिटर टाढा पोइन्ट पोजिसनमा उभिरहेका थिए। उनले मात्र ०.६२ सेकेन्डमा क्याच गर्दै कोहलीलाई ११ रनमा आउट गराएका थिए ।

३. विलियमसनले एक हातले क्याच लिए

भारतले ३० औं ओभरमा चौथो विकेट गुमाएको थियो । अक्षर पटेल ४२ रन बनाएर आउट भए । रचिन रविन्द्रको ओभरको दोस्रो बलमा अक्षरले स्वीप शट खेले । केन विलियम्सनको पछाडि दौडेर सर्ट फाइन लेगमा उभिए, डाइभ गरे र एक हातले क्याच लिए ।

४. विलियमसनले बायाँ हातले डाइभिङ क्याच लिए

भारतले ४६ औं ओभरमा रविन्द्र जडेजालाई गुमाएको थियो । म्याट हेनरीको ओभरको पाँचौं बलमा जडेजाले कट शट खेले। पोइन्टमा उभिएका केन विलियम्सनले आफ्नो बायाँतर्फ डाइभ गर्दै एक हातले क्याच लिए । जडेजा १६ रन बनाएर आउट भए ।

५. बलले शमीको काँधमा लाग्यो

भारतीय इनिङ्सको अन्तिम ओभरमा रन लिने क्रममा मोहम्मद शमीको काँधमा बल लागेर घाइते भएका थिए । हेनरीको ओभरको पाँचौं बलमा शमीले मिडअफमा शट खेलेका थिए । दोस्रो रन लिने क्रममा फिल्डरले थ्रो गरे र बल उनको काँधमा लाग्यो । टोलीका फिजियो मैदानमा आएर शमीको जाँच गरे ।

६. हेनरी च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध पाँच विकेट लिने पहिलो बलर

किवी पेसर म्याट हेनरी च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध पाँच विकेट लिने पहिलो बलर बने । उनले ४२ रनमा ५ विकेट लिए । यसअघि बंगलादेशका नावेद उल हसनले भारतविरुद्ध सन् २००४ मा २५ रनमा ४ विकेट लिएका थिए ।

७. विल यंगको क्याच चक्रवर्तीले मिस गरे

चौथो ओभरमा विल योङले जीवनदान पाएका थिए । हार्दिकको बलमा योङले अगाडिको शट खेलेका थिए। वरुण चक्रवर्ती लङ अनमा दौडे तर क्याच समाउन सकेनन् । यति मात्र होइन, बल उनको खुट्टा छोएर बाउन्ड्री समेत भएको थियो ।

८. राहुल र चक्रवर्तीले विलियम्सनको क्याच छोडे

११ औं ओभरमा केएल राहुलले केन विलियम्सनको क्याच छोडेका थिए । अक्षर पटेलको ओभरको अन्तिम बलमा विलियम्सनले कट शट खेले। बल उनको ब्याटको बाहिरी किनारा लिएर विकेटकिपर राहुलको ग्लोभ्समा पुग्यो तर उनले समात्न सकेनन् ।

यस्तै, २० औं ओभरमा विलियम्सनले दोस्रो पटक जीवनदान पाएका थिए । कुलदीप यादवको ओभरको दोस्रो बलमा वरुण चक्रवर्तीले विलियमसनको क्याच छोडेका थिए ।

कोहलीले अक्षरको खुट्टा ढोगे

किवी इनिङ्सको ४१ औं ओभरमा विलियम्सन आउट हुँदा कोहलीले अक्षर पटेलको खुट्टा ढोगेका थिए। अक्षरको ओभरको अन्तिम बलमा अगाडि बढेर ठूलो शट खेल्ने धुनमा बल मिस हुँदा उनी विकेटकिपर केएल राहुलको हातबाट स्टम्पिङ भए ।

अब सेमिफाइनलमा भारतले मंगलबार अष्ट्रेलियासँग दुबईमा खेल्नेछ । यस्तै, बुधबार न्यूजिल्याण्डले दक्षिण अफ्रिकासँग लाहोरमा खेल्नेछ ।

च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार मार्च ९ मा हुने छ ।