२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनलाई मिसाइल किन्न १.६ अर्ब पाउण्ड दिने बेलायती प्रधानमन्त्रीको घोषणा



अ+ अ-

एजेन्सी । एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लण्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टारमरद्वारा आयोजित यो बैठक एक हप्ताको गहन कुटनीतिक वार्तापछि भएको थियो । युक्रेनको लागि शान्ति योजना अगाडि बढाउनमा केन्द्रित थियो । शिखर सम्मेलन पछि पत्रकार सम्मेलनमा स्टारमरले घोषणा बेलायतले युक्रेनलाई ५ हजार भन्दा बढी वायु रक्षा मिसाइलहरू किन्न १.६ अर्ब पाउण्ड ब्रिटिश निर्यात वित्त प्रयोग गर्न अनुमति दिने घोषणा गर्नुभयो ।

उहाँले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्न चार चरणको योजना पनि अनावरण गर्नुभयो । एक दर्जनभन्दा बढी युरोपेली राष्ट्रप्रमुखहरू र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायत पश्चिमी नेताहरू युक्रेनको शान्ति योजनालाई अगाडि बढाउने उद्देश्यले रक्षा शिखर सम्मेलनको लागि आईतवार लण्डनमा भेला भएका थिए ।