१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा दुई जना संक्रमितको मृत्यु



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा दुई जना कोरोनाका संक्रमितको मृत्यु भएको छ । बाराका दुई जना संक्रमितको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको हो ।

कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले बताए । 

थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । त्‍यसै दिन स्वाब नमुना संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण देखिएदेखि नै उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो । उपचारकै क्रममा भदौ ९ गते राति ८ बजेर ५ मिनेटमा उनको मृत्यु भएको थियो ।

त्यसैगरी विश्रामपुरका ४२ वर्षीय पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौलारोगी उनमा स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा ल्याइएको थियो । उनको मंगलबार राति १०:४५ मा मृत्यु भएको हो ।