१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपको उपाधिमा मच्छिन्द्र र आर्मीको दाबी



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन क्लवद्वय मच्छिन्द्र र त्रिभूवन आर्मीले केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने दाबी गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ साढे पाँच बजे मच्छिन्द्र र आर्मी उपाधिका लागि भिड्ने भएका छन् । आईतवार भएको पत्रकार सम्मेलन आर्मी र मच्छिन्द्रले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने योजनासहित उत्रने विश्वास व्यक्त गरे । आर्मीले सेमिफाइनलमा संकटालाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएका हो । आर्मीका प्रशिक्षक मेघराज केसीले विदेशी र राष्ट्रिय खेलाडी सम्मिलित मच्छिन्द्र क्लव उत्कृष्ट देखिएको उल्लेख गर्दै आफ्नो टोली पनि युवा रहेको र पछिल्ला खेलका कमजोरी सुधारसहित केपी ओली कप जित्ने बताए । त्यहीअनुसार आफ्नो टोलीले योजना र रणनीति पनि बनाएको प्रशिक्षक केसीले उल्लेख गरे ।

आर्मीले ‘ए’ डिभिजिन लिगकै तयारीका लागि टोली बनाएको र अब नतिजा दिन आफ्नो टोली सक्षम रहेको केसीको भनाइ छ । आर्मीका कप्तान जिलेस्पीजंग कार्कीले लामो समयदेखि राम्रो तयारी गरेकाले फाइनलमा स्थान बनाउन सफल भएको बताए । व्यक्तिगत प्रदर्शनभन्दा पनि टिम गेम हुँदा यो नतिजा आएको उनको बुझाइ छ । त्यसैले समग्र टिम गेम राम्रो हुँदा यहाँसम्म आइपुगेको र फाइनलमा पनि सोहीअनुरूप प्रदर्शन गर्ने कप्तान जिलेस्पीजंगले बताए । उनले फाइनलमा जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

मच्छिन्द्र क्लव सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० ले हराउँदै उपाधि यात्रा तय गरेको हो । आइतबार पत्रकार सम्मेलनमा मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले फाइनलका लागि शारीरिक र मानसिक रूपमा तयार रहेको उल्लेख गरे । डिफेन्डिङ च्याम्पियन जस्तै भएर खेल्ने र ९० मिनेटभित्र नै गोल गर्दै जित निकाल्ने उनको विश्वास छ ।

आर्मी उत्कृष्ट लयमा रहेको र उनीहरूले युनाइटेड फुटबल खेल्ने भएकाले फाइनलमा सहज नहुने प्रशिक्षक न्यौपानेले बताएका छन् । उनले फाइनल पुगेको आर्मीलाई कमजोर प्रतिद्वन्द्वी नमानी खेल्ने र आफ्नो मिडफिल्डमा सुधार भएकाले उपाधि भिडन्तमा उत्कृष्ट खेल्ने उल्लेख गरे । मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले दुई महिनादेखि राम्रो खेल्दै आएको र फाइनलमा पनि सोही किसिमको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले युवा र अनुभवी खेलाडीसहित आर्मी राम्रो टोली बनेको उल्लेख गर्दै आफ्नो टोलीले पनि राम्रो चुनौती दिने बताए । तेस्रो पटक फाइनलको अवसरलाई सदुपयोग गर्ने उनी बताउँछन् । एउटा गोलकिपरका लागि विश्वस्तरीय गोलकिपर तथा लिजेन्ड जियानलुइजी बुफोनलाई देख्न पाउँदा धेरै खुसी लागेको विशालले बताए ।

उक्त फाइनल खेलमा इटालीका लिजेन्ड बुफोनसहित सांगीतिक कार्यक्रम पनि हुँदैछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरु भएको प्रतियोगितामा हरेक खेलको विजेताले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।