७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नशा नशामा, रगत रगतमा’ गीत गाएर भाइरल भएकी राधा बादीको मृत्यु



अ+ अ-

काठमाडौं । ‘नशा नशामा रगत रगतमा’ लगायतका गीत गाएर टिकटकमा भाइरल भएकी राधा बादीको मृत्यु भएको छ ।

४२ वर्षीय राधा आइतबार बिहान कालिकोटको पलाँता गाउँपालिका-४, थिरपुमा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी श्रीमान जोग्गिरे बादीसँगै सुदूरपश्चिमका विभिन्न ठाउँमा गीत गाएर हिड्ने गरेकी थिईन् । पछिल्लो समय राधाले गाएको ‘नशा नशामा, रगत रगतमा’ बोलको गीत फेसबुक र टिकटकमा भाइरल भएको थियो ।

दुइ देखी बिरामी रहेकाी राधाको आईतबार बिहान मृत्यु भएको कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए । उनले भने, “उहाँहरू गीत गाउँदै पैसा माग्दै हिँड्नु हुने रहेछ । जहाँ रात पर्‍यो उतै सुत्ने गर्नु हुन्थ्यो । श्रीमान श्रीमतीले धेरै नै मदिरा सेवन गर्नु हुन्थ्यो । त्यही कारणले श्रीमतीको मृत्यु भएको हुनसक्छ ।”

उनको शबलाई पोस्टमार्टमको लागि लगिएको उनले बताए ।