२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नशा नशामा, रगत रगतमा’ गीत गाएर भाइरल भएकी राधा बादीको मृत्यु



अ+ अ-

काठमाडौं । ‘नशा नशामा रगत रगतमा’ लगायतका गीत गाएर टिकटकमा भाइरल भएकी राधा बादीको मृत्यु भएको छ ।

४२ वर्षीय राधा आइतबार बिहान कालिकोटको पलाँता गाउँपालिका-४, थिरपुमा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी श्रीमान जोग्गिरे बादीसँगै सुदूरपश्चिमका विभिन्न ठाउँमा गीत गाएर हिड्ने गरेकी थिईन् । पछिल्लो समय राधाले गाएको ‘नशा नशामा, रगत रगतमा’ बोलको गीत फेसबुक र टिकटकमा भाइरल भएको थियो ।

दुइ देखी बिरामी रहेकाी राधाको आईतबार बिहान मृत्यु भएको कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए । उनले भने, “उहाँहरू गीत गाउँदै पैसा माग्दै हिँड्नु हुने रहेछ । जहाँ रात पर्‍यो उतै सुत्ने गर्नु हुन्थ्यो । श्रीमान श्रीमतीले धेरै नै मदिरा सेवन गर्नु हुन्थ्यो । त्यही कारणले श्रीमतीको मृत्यु भएको हुनसक्छ ।”

उनको शबलाई पोस्टमार्टमको लागि लगिएको उनले बताए ।