एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणको अन्तिम खेलमा भारत र न्युजिल्याण्ड खेलिरहेका छन् । दुबई इन्टरनेशनल स्टेडियममा जारी खेलमा न्युजिल्याण्डले टस जितेर बलिङ गरिरहेको छ भने भारतले ब्याटिङ गरिरहेको छ ।
भारतीय टोलीले २७ ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको छ । अहिले श्रेयस अय्यर र अक्षर पटेल क्रिजमा छन् ।
आफ्नो ३०० औं ओडीआईमा विराट कोहली ११ रन बनाएर आउट भए । उनलाई म्याट हेनरीले ग्लेन फिलिप्सको हातबाट क्याच आउट गराएका थिए । कोहलीले ७ औं ओभरको चौथो बलमा अफ साइडमा शट खेले । पोइन्टमा उभिएका ग्लेन फिलिप्सले हावामा हाम फालेर उत्कृष्ट क्याच लिए । कोहली आउट भएपछि सबै भारतीय फ्यान निराश बनेका थिए ।

रोहित शर्मा (१५ रन)लाई काइल जेमिसनले एलबीडब्लू र शुभमन गिल (२ रन)लाई म्याट हेनरीले एलबीडब्ल्यू आउट गरेका थिए ।
भारत र न्युजिल्याण्ड दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । विजेता टोलीले तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा अष्ट्रेलियासँग खेल्नेछ । हार्ने टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।










