२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्षको हरितालिका तीजमा ‘जनै हराएको बाहुन’



अ+ अ-

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ ।

आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ ।

यो चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो चलचित्रमा छ ।

चलचित्रको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । उनको यो डेव्यु निर्देशन छन् । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन् ।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।

चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।

२०८२ सालको हरितालिका तीजमा दर्शकमाझ आउने चलचित्र यो वर्षको अन्त्यसम्ममा चलचित्र छायाँकनमा जानेछ ।