काठमाडौं । नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू बिरुद्ध नियोजित र संगठित र रुपमा हमला भएको जनाउनु भएको छ । आज एक प्रेश बिज्ञप्ति जारी गर्दे पोखरेलले आफू र परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा म सितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।
उहाँले भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका दाबि गर्दे कहींकतै पनि आफनो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउनु भएको छ । उहाले यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउने जनाउनु भएको छ । पोखरेललभने भन्नु भएको छ मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।
केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । यस्ता समाचारले दुःखित हुनुभएका र आफू प्रति सद्भाव राख्ने, आफूलाई माया गर्ने, समर्थन गर्नुहुने मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न समेत अनुरोध गर्नुभएको छ ।
विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको स्मरण गराउदै अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले आफू बिरूद्धमा स्वर उरालिरहेको दाबी गर्नुभएको छ ।
नेता पोखरेलले त्यस्ता बिषयलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार सेमत गर्नुभएको छ । उहाले सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउने बाचा गर्दे जनताको विश्वास र भरोसालाई कहिल्यै कमजोर हुन दिने नदिने र किमार्थ टुट्न नदिने बचन बद्धता प्रकट गर्नुभएको छ ।











