२१ भाद्र २०८३, आईतवार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरित विकास नीति प्रवर्द्धन गर्नुपर्नेमा वन प्राविधिक संघको जोड



अ+ अ-

काठमाडौँ । नेपाल वन प्राविधिक संघले नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको हो ।

संघले नेपालको वन क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न विज्ञानमा आधारित वन व्यवस्थापन प्रणालीको अवधारणा, अभ्यास, र नीति निर्माणमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले संघले सरकारी नीति निर्माण प्रक्रियामा महत्वपूर्ण परामर्श प्रदान गर्दै, सामुदायिक वन, साझेदारी वन, कबूलियती वन र व्यावसायिक वन व्यवस्थापनलाई प्रवद्र्धन गरिरहेको बताउनु भयो । जलवायु परिवर्तनले वन तथा प्राकृतिक स्रोतसाधनमा पार्ने असरलाई सम्बोधन गर्न संघले विभिन्न नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धनमा योगदान दिइरहेको जानकारी दिनुभयो ।

वन प्राविधिक संघले ‘वन, वन्यजन्तु र जलाधारः पेशागत ऐक्यवद्धता, समृद्धिको आधार’ भन्ने नारासहित स्वर्ण महोत्सव मनाउने भएको छ ।