७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरित विकास नीति प्रवर्द्धन गर्नुपर्नेमा वन प्राविधिक संघको जोड



अ+ अ-

काठमाडौँ । नेपाल वन प्राविधिक संघले नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको हो ।

संघले नेपालको वन क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न विज्ञानमा आधारित वन व्यवस्थापन प्रणालीको अवधारणा, अभ्यास, र नीति निर्माणमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले संघले सरकारी नीति निर्माण प्रक्रियामा महत्वपूर्ण परामर्श प्रदान गर्दै, सामुदायिक वन, साझेदारी वन, कबूलियती वन र व्यावसायिक वन व्यवस्थापनलाई प्रवद्र्धन गरिरहेको बताउनु भयो । जलवायु परिवर्तनले वन तथा प्राकृतिक स्रोतसाधनमा पार्ने असरलाई सम्बोधन गर्न संघले विभिन्न नविन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धनमा योगदान दिइरहेको जानकारी दिनुभयो ।

वन प्राविधिक संघले ‘वन, वन्यजन्तु र जलाधारः पेशागत ऐक्यवद्धता, समृद्धिको आधार’ भन्ने नारासहित स्वर्ण महोत्सव मनाउने भएको छ ।