काठमाडौं । गएको २४ घन्टा यताको परीक्षणमा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो पहिलो पटक यतिधेरै संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो जानकारी गराएको हो । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।











