काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।
अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीको अनुसार थापा अघिल्लो हप्ता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टमा पक्राउ परेका हुन् ।
उनलाई फिलाडेल्फियास्थित हिरासतमा राखिएको बताईएको छ । बाल्टिमोरस्थित नेपालीहरुको छाता संगठन बानाका पूर्व अध्यक्ष समेत रहेका थापालाई पक्राउ गरिएको कारण भने खुलेको छैन ।
पछिल्लो समय धेरैजसो नेपालमै बस्दै आएका थापाको रास्वपा सभापति रवि लामिछानेसँग निकट रहेको बताईन्छ ।










