११ आश्विन २०८१, शुक्रबार
,
Latest
राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण सहकारी ठगी प्रकरणमा फरार रहेका ढोरपाटनका मेयर भारतमा पक्राउ स्वामित्व विवादले गौशालाको अस्तित्व सङ्कटमा छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति नारायणगढ–मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरी नै अत्यावश्यकीय औषधिहरुको अभाव छैन



अ+ अ-

औषधि व्यवस्था विभागले अहिले देशभरी नै अत्यावश्यकीय औषधिहरुको अभाव नरहेको जनाएको छ । तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको अभाव नरहेको विभागको भनाई छ । अहिले देशका कुनैपनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताउनुभयो ।

नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउनेक्रममा केही ढिला हुँदा समस्या देखिएपनि अभावको अवस्था नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘‘आवश्यक औषधि उपलब्ध छन । कुनै निश्चित औषधि अभाव भएको सूचना आएको छैन । कुनै पनि औषधिहरु निश्चित क्षेत्रमा अभाव भयो भन्ने रिपोर्टिङ भएपनि व्यवस्थापन गरिएको अवस्था छ ।

अभावको अवस्था निश्चित रुपमा देखिएको छैन । नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिलाइ हुँदा बजारमा नपाएको भन्ने कुरा आएपछि क्लोज नेटवर्क मार्फत काम हुन्छ । कुनै समस्या प¥यो भने एउटै फोरम भित्रबाट पनि समाधान हुन्छ । अभाव देखिएपनि अवस्था समाधान भएको पाइएको छ ।’’चिकित्सकहरुको सल्लाहविना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको संख्या बढेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

औषधि सेवनले सधै स्वास्थ्यलाई फाइदा नपुग्ने उल्लेख गद्र्यै उहाँले अनावश्यक रुपमा औषधि सेवन नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘आवश्यकता भन्दा बढी औषधि दिएर व्यापारिक फाइदा त होला तर यसले शरीरलाई हानी पु¥याउँछ । कतिपय अवस्थामा ज्यान पनि जान सक्छ । अनावश्यक रुपमा सेवन गर्नु हुँदैन र विक्रि पनि गर्नु हुँदैन भन्ने सबैले बुझ्नुपर्छ । विरामीले औषधिको अपेक्षा राख्नु सामान्य भएपनि धेरै औषधि लिएर सेवन गर्ने कुरालाई निराकरण गर्नेतिर सबैले सोच्नुपर्छ ।’’

कोरोना भाइरसविरुद्ध नेपालमा प्लाज्मा थेरापीका लागि अनुमति दिइएको उहाँले बताउनुभयो । आवश्यक प्रयोजनका लागि विश्वका विभिन्न मुलुकले समेत सो औषधिलाई अनुमति दिएको उल्लेख गर्दै उहाँले रगतको प्लाज्मा निकालेर गम्भिर अवस्थाका विरामीलाई दिने ‘प्लाज्मा थेरापी’ विधिको प्रयोग भइरहेको बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले ‘एसटी’ नामक आयुर्वेदिक औषधिको उपयोगिताका बारेमा पनि अध्ययन गरिरहेको सूचना आफुले पाएको उहाँको भनाई छ ।