२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा आजको इजलास स्थगित



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतमा आज तोकिएको सबै इजलास स्थगित गरिएको छ ।

नेपालकै प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै अदालतले आइतबार इजलास स्थगित गर्ने निर्णय गरेको हो ।

पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार ८४ वर्षको उमेरमा निधन भएको थियो । उनी ०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् भने ०६५ जेठ २० मा अवकाश पाएकी थिइन् ।