२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीमा आज भारत र न्युजिल्याण्ड भिड्दै, विजेता टोलीले सेमिफाइनलमा अष्ट्रेलियाको सामना गर्ने



अ+ अ-

एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्ड भिड्दैछन् । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । विजेता टोलीले तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा अष्ट्रेलियासँग खेल्नेछ । हार्ने टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

जारी प्रतियोगीतामा भारतले पहिलो खेलमा बंगलादेशलाई र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । यस्तै, न्युजिल्यान्डले पनि पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएको थियो ।

च्याम्पियन्स ट्रफीमा दुवै टोली दोस्रो पटक आमनेसामने हुँदैछन् । यसअघि सन् २००० मा न्युजिल्यान्डले प्रतियोगिताको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।

हेड टु हेडः ओडिआईमा भारत अगाडि

दुई टोलीबीच हालसम्म ११८ ओडीआई खेलिएको छ । जसमा भारतले ६० खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । ७ खेलमा नतिजाबिहिन हुँदा एक खेल बराबरी रह्यो ।

दुबै टोलीको सम्भावित प्लेइङ–११ः

भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी र हर्षित राना।

न्यूजिल्याण्डः मिचेल सान्टनर (कप्तान), विल यंग, ​​डेभोन कोनवे, केन विलियम्सन, रचिन रविन्द्र, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, काइल जेमिसन, म्याट हेनरी, विलियम ओुरुर्के।