२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीमा आज भारत र न्युजिल्याण्ड भिड्दै, विजेता टोलीले सेमिफाइनलमा अष्ट्रेलियाको सामना गर्ने



अ+ अ-

एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्ड भिड्दैछन् । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । विजेता टोलीले तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा अष्ट्रेलियासँग खेल्नेछ । हार्ने टोलीले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

जारी प्रतियोगीतामा भारतले पहिलो खेलमा बंगलादेशलाई र दोस्रो खेलमा पाकिस्तानलाई हराएको थियो । यस्तै, न्युजिल्यान्डले पनि पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएको थियो ।

च्याम्पियन्स ट्रफीमा दुवै टोली दोस्रो पटक आमनेसामने हुँदैछन् । यसअघि सन् २००० मा न्युजिल्यान्डले प्रतियोगिताको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो ।

हेड टु हेडः ओडिआईमा भारत अगाडि

दुई टोलीबीच हालसम्म ११८ ओडीआई खेलिएको छ । जसमा भारतले ६० खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । ७ खेलमा नतिजाबिहिन हुँदा एक खेल बराबरी रह्यो ।

दुबै टोलीको सम्भावित प्लेइङ–११ः

भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी र हर्षित राना।

न्यूजिल्याण्डः मिचेल सान्टनर (कप्तान), विल यंग, ​​डेभोन कोनवे, केन विलियम्सन, रचिन रविन्द्र, टम लाथम, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, काइल जेमिसन, म्याट हेनरी, विलियम ओुरुर्के।