२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा बढ्यो गर्मी, जनजीवन र अर्थतन्त्रमा असर



अ+ अ-

एजेन्सी । अष्ट्रेलियामा अत्याधिक गर्मी बढ्न थालेसँगै जनजीवनमा प्रत्यक्ष असर परेको छ । धेरै शहरी क्षेत्रहरू अत्यधिक गर्मीको खतराको सामना गरिरहेका छन् ।

जलवायु परिषद्वारा प्रकाशन गरिएको अष्ट्रेलियाको तापक्रम तथ्यांकअनुसार लगभग एक तिहाइ अष्ट्रेलियाली समुदायहरूले प्रत्येक वर्ष ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अनुभव गर्ने दिनहरूको संख्या २०५० सम्ममा दोब्बर हुनसक्नेछ । मानिसहरूको स्वास्थ्य, जीविकोपार्जन र अर्थतन्त्रलाई हानि पु¥याउने अत्यधिक गर्मी जलवायु प्रदुषणको सबैभन्दा प्रत्यक्ष परिणामहरू मध्ये एक हो ।

यो सबैभन्दा हानिकारक मध्ये एक पनि हो । १८९० पछि बाढी, आगलागी र अन्य सबै जलवायु–इन्धन प्रकोपहरू भन्दा बढी अष्ट्रेलियालीहरू गर्मीको लहरको परिणामस्वरूप मृत्यु वरण गरिरहेको बताइएको छ ।

शताब्दीको मध्यसम्ममा लगभग ४० लाख जनसंख्या भएको पश्चिमी सिड्नीका बासिन्दाहरूले ३५ डिग्री सेल्सियसभन्दा दोब्बर दिनहरू बढी तापक्रममा बिताउनेछन् ।