कपिलवस्तु । नेपाल पत्रकार महासङको केन्द्रीय समिती बैठकमा बिवाद भएको छ । केहीसमय अघि भएको एक मिडिया अवार्ड कार्यक्रममा महासंघको सहभागीतालाई लिएर बिवाद भएको हो ।
बिवादको बारेमा छानबिन नहुदा सम्म बैठकमा सहभागी नहुने भन्दै १५ केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेका छन् ।औपचारिक रुपमा बैठक सुरु नहुदै सदस्यहरुले आर्थिक तथा अवार्ड कार्यक्रममा महासंघको सहभागीता , महासचिबको हस्ताक्षर दुरुपयोग लगायत बिषयमा छानबिन समिती गठन नगरेसम्म बैठक अघिबढ्न नदिने भन्दै बहिष्कार गरेपछि बैठक सुचारु हुन सकेको छैन ।
१५ केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेपछि कसरी अघि बड्ने भन्ने बारेमा छलफल गर्न पदाधिकारी बैठक जारी छ ।