९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि रमजान सुरु हुँदै



फाईल फोटो
अ+ अ-

विराटनगर। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदै छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।

रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेन्डर अनुसार सूर्योदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।

उर्दू क्यालेन्डर अनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।दान दिनु गरिब र दीन दुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो । व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने गर्छन् ।

शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।