२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी अध्यक्ष प्रचण्डद्वारा सहिद रमेश रामको शालिक अनावरण



0-4480×2038-0-0#
अ+ अ-

सिरहा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० बनौलामा निर्माण गरिएको सहिद रमेश रामको शालिक अनावरण गर्नुभएको छ ।

हुलाकी सडकखण्ड केन्द्रित गरेर झापाको कचनकबलबाट सुरू गरिएको ‘तराई मधेस जागरण अभियान’ का क्रममा अध्यक्ष प्रचण्डले आज यहाँ शालिक अनावरण गर्नुभएको हो । सो अवसरमा उहाँले नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको त्याग र बलिदानबाट मात्रै सम्भव भएको बताउनुभयो ।

अध्यक्ष दाहालले जनताको धेरै ठूलो सङ्घर्ष र बलिदानबाट देशमा शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, सङ्घीय लोकतन्त्रको घोषणासँगै कार्यान्वयनको वातावरण बनेको हुँदा देशको राजनीतिक परिवर्तनमा जनताको त्याग र बलिदान रहेको बताउनुभयो । उहाँले पछिल्लो पटक आफ्नो नेतृत्वमा देशका सबै सहिद राष्ट्रिय सहिदको रूपमा सम्मान दिई नेपाल राजपत्रमा प्रकाशन भई सकेकाले अब यसलाई कसैले उल्ट्याउन नसक्ने बताउनुभयो ।

सत्य निरूपण तथा मेलमिलाप विधेक पारित भएको बताउँदै उहाँले मेलमिलाप आयोग गठन भएपछि सहिद परिवारलाई सम्मान गर्ने, परिपूर्ण दिने पाटो खुल्ने बताउनुभयो । परिवर्तन सामान्य र सुधारात्मक मात्र नभएर गुणात्मक, युगान्तकारी र धेरै परसम्म जाने भएको प्रचण्डको भनाइ छ ।

उहाँले देश गणतन्त्रमा प्रवेश भएको युगान्तकारीसँगै धेरै ठूलो परिवर्तन भएको उल्लेख गर्नुभयो । डाक्नेश्वरी नगरािलिका–१० बनौलमा मा जन्मनु भई देशको सामाजिक तथा राजनीतिक परिवर्तनका खातिर लड्दै आफ्नो सप्तरीकै बोदे बरसाइन बजारमा विसं २०६१ असार ४ गते साहदत प्राप्त गर्नुहुने सहिद रमेश रामको सम्झनामा शालिक निर्माण गरेको हो । सो अवसरमा अध्यक्ष दाहालले सहिद परिवारका सदस्यलाई सम्मान गर्नुभएको थियो ।