ललितपुर । ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अर्घाखाँची स्थायी घर भएका ४८ वर्षीय कोरोना संक्रमित पुरुषको किस्ट अस्पतालमा उपचाररत मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेस्वर गेलालका अनुसार कडा खालको भाइरल निमोनियाबाट ग्रसित ती पुरुष भदौ ८ गते किस्ट अस्पताल भर्ना भएका थिए। काठमाडौंको बालाजुमा बस्दै आएका उनको बुधबार राती सात बजेतिर निधन भएको अस्पताल स्रोतले जनाएको छ।











