२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday
Latest
पाथीभरामा आज सात हजार बढी दर्शनार्थी भीमनारायण गोल्डकपको उपाधि सप्तरीको नमोबुद्ध क्लबलाई अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ- महामन्त्री गगनकुमार थापा ‘बेसहारालाई प्रदेश सरकारले उपचार गर्छ’ खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तार गर्नुपर्नेमा जोड मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यकः पूर्वप्रधानमन्त्री खनाल घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु प्रतिबन्धित ट्रामाडोल क्याप्सुलसहित ४ भारतीय नागरिक पक्राउ उपप्रमुख डंगोल वेल्जियम प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको बोली: प्रधानमन्त्रीज्यु मलाई हराउने ताकमा,देशलाई चै नडुबाउनु होला !



अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले संघीय सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाउनु भएको छ ।

शुक्रबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । मेयर शाहले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिडेको मान्छे रहेको समेत उल्लेख गर्नुभएको छ ।

मेयर शाहको असन्तुष्टि महानगरपालीका लामो समय देखी कार्यकारी अधिकृत को व्यवस्थापन हुन नसकेको बिषयमा केन्द्रित रहेको छ । जसका कारण महानगरका कर्मचारीले तलब पाउन सकेका छैनन् ।

उहाँले लेख्नु भएको छ-

प्रधानमन्त्रीज्यु ,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे !
मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला !!