२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिणाम नआउने क्षेत्रमा प्रदेश सरकारले खर्च गर्दैन : मुख्यमन्त्री शाह



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नआउने योजनामा प्रदेश सरकारले बजेट खर्च नगर्ने बताएका छन् ।

टीकापुरस्थित जालवा देवी सेवा समितिद्वारा निर्माण गरिएको केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गर्दै उनले यसभन्दा अघि करोडौँ खर्च भएका सयौँ संरचना अलपत्र परेको बताए ।

प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट खर्च गर्ने गरेको बताउँदै उनले भने, ‘हिजो समुदायस्तरबाट लाखौँ करोडौँका योजना माग भए, त्यसमा बजेट खर्च भयो, आज ती योजना सम्पन्न भए पनि सञ्चालनमा आएका छैनन् ।’

उनले अब औचित्यका आधारमा मात्रै बजेट विनियोजन गर्ने नीति प्रदेश सरकारले लिएको उल्लेख गरे । समाजलाई आवश्यक परेका र भोलिसम्म त्यसको प्रभाव रहने क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश सरकारले राष्ट्र र समाजका लागि योगदान दिएका व्यक्तिको खोजी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहले शिक्षा, संस्कार, संस्कृतिका साथै सबै नागरिकलाई एउटै दर्जा दिने डण्डी स्वामी समाजको एक इतिहास भएको बताए ।