२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालले दुई सिफ्टमा शल्यक्रिया सेवा शुरु गर्दै



अ+ अ-

काठमाडौँ । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रवार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा प्रकाश बुढाथोकीले यस्तो बताउनुभएको हो ।

उहाँले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताउनु भयो । अ स्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उहाँको भनाइ छ । उहाँले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगबिहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आगामी सातादेखि दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको छ । त्यसैगरी, सेवा गरेको सुविधाका लागि प्रयोगशालामा उपकरण र जनशक्ति थप गरी सेवा बिस्तार गरिएको छ । साथै एमआरआई सेवाको क्षमता पनि महिनामा दुई सय जनाभन्दा बढीले सेवा लिन पाउने गरी व्यवस्था गरिएको छ । देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएका वा प्रयोग बिहीन अवस्थामा रहेका उपकरण मर्मतका लागि गत भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी पत्रमा अस्ताक्षर भएको थियो । सोही सम्झौता बमोजिम हालसम्म ४८४ वटा उपकरणको मर्मत कार्य भइसकेको छ ।’

प्रवक्ता डा बुढाथोकीले नेपाल सरकारको राष्ट्रिय खोपमार्फत प्रदान गरिने खोप सुरक्षित र प्रभावकारी रहेको दाबी गर्नुभयो । उहाँले सेवा सुविधाको माग राखेर आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच ९ बुँदे सम्झौता भएको पनि बताउनु भयो ।