२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभोर्सको हल्लाबिच गोविन्दाको पुरानो भिडियो भाईरल, भनेका थिए,’मेरो कुंडलीमा दुईवटा बिहेको योग छ’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको ३७ वर्ष पुरानो वैवाहिक सम्बन्ध छुट्न लागेको हल्ला चलिरहेको छ । यद्यपी, यी दुईले भने यसबारे कुनै आधिकारिक बयान दिएका छैनन् । यसैबिच, गोविन्दाको एउटा पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

गोविन्दाले सन् १९९० मा स्टारडस्ट म्यागजिनलाई दिएको अन्तर्वारतामा आफ्नो कुंडलीमा दुई विवाहको सम्भावना रहेको बताएका थिए । गोविन्दाले भनेका थिए, ‘भोलि कसलाई थाहा छ, म फेरि कसैसँग संलग्न हुन सक्छु र जुन केटीसँग मेरो सम्बन्ध छ, त्यहीसँग विवाह गर्न सक्छु। तर सुनिता यसका लागि तयार हुनुपर्छ। तब मात्र म स्वतन्त्र महसुस गर्नेछु। मेरो कुंडलीमा दोस्रो विवाह छ।’

गोविन्दाले सह-अभिनेत्री ‘लभ ८६’की नायिका निलमसँग आफू पागल भएको पनि बताएका थिए । तर उनले सुनितासँग वाचा गरिसकेको कारणले उनीसँग विवाह गरेको स्वीकार गरेका थिए । उनले भनेका थिए, ‘नीलमजस्तो केटीलाई भेटेपछि जुनसुकै पुरुषको नसा हार्छ । मैले पूर्णतया सबै गुमाएको थिएँ। म धेरै अलमलमा परें। म उनको प्रेममा परेको थिएँ। म उनीसँग बिहे गर्न चाहन्थें । आज पनि म उनलाई अन्य कलाकारहरूसँग काम गरेको देख्दा मलाई ईर्ष्या लाग्छ ।’

सुनीताले ६ महिनाअघि डिभोर्सका लागि निवेदन दिएको बताईएको छ । तर, गोविन्दाका वकिलले सुनीतले ६ महिनाअघि डिभोर्सका लागि निवेदन दिएपनि अहिले दम्पतीबीच सबै ठीकठाक रहेको बताएका छन् ।

गोविन्दा र सुनिताले १९८७ मा बिहे गरेका थिए । दम्पतीका एक छोरा र एक छोरी छन् ।