२१ भाद्र २०८३, आईतवार
,
Latest
ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभोर्सको हल्लाबिच गोविन्दाको पुरानो भिडियो भाईरल, भनेका थिए,’मेरो कुंडलीमा दुईवटा बिहेको योग छ’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको ३७ वर्ष पुरानो वैवाहिक सम्बन्ध छुट्न लागेको हल्ला चलिरहेको छ । यद्यपी, यी दुईले भने यसबारे कुनै आधिकारिक बयान दिएका छैनन् । यसैबिच, गोविन्दाको एउटा पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

गोविन्दाले सन् १९९० मा स्टारडस्ट म्यागजिनलाई दिएको अन्तर्वारतामा आफ्नो कुंडलीमा दुई विवाहको सम्भावना रहेको बताएका थिए । गोविन्दाले भनेका थिए, ‘भोलि कसलाई थाहा छ, म फेरि कसैसँग संलग्न हुन सक्छु र जुन केटीसँग मेरो सम्बन्ध छ, त्यहीसँग विवाह गर्न सक्छु। तर सुनिता यसका लागि तयार हुनुपर्छ। तब मात्र म स्वतन्त्र महसुस गर्नेछु। मेरो कुंडलीमा दोस्रो विवाह छ।’

गोविन्दाले सह-अभिनेत्री ‘लभ ८६’की नायिका निलमसँग आफू पागल भएको पनि बताएका थिए । तर उनले सुनितासँग वाचा गरिसकेको कारणले उनीसँग विवाह गरेको स्वीकार गरेका थिए । उनले भनेका थिए, ‘नीलमजस्तो केटीलाई भेटेपछि जुनसुकै पुरुषको नसा हार्छ । मैले पूर्णतया सबै गुमाएको थिएँ। म धेरै अलमलमा परें। म उनको प्रेममा परेको थिएँ। म उनीसँग बिहे गर्न चाहन्थें । आज पनि म उनलाई अन्य कलाकारहरूसँग काम गरेको देख्दा मलाई ईर्ष्या लाग्छ ।’

सुनीताले ६ महिनाअघि डिभोर्सका लागि निवेदन दिएको बताईएको छ । तर, गोविन्दाका वकिलले सुनीतले ६ महिनाअघि डिभोर्सका लागि निवेदन दिएपनि अहिले दम्पतीबीच सबै ठीकठाक रहेको बताएका छन् ।

गोविन्दा र सुनिताले १९८७ मा बिहे गरेका थिए । दम्पतीका एक छोरा र एक छोरी छन् ।