काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाई गरेको हो ।
नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । वर्ग अनुसार दुई सय देखि ९ हजारसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए । गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको विदाइ गरेको हो ।
गुठी संस्थान र कोषले पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था थियो ।












