२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीबाट बाहिरिएपछि रिजवानले भनेः हामी अझै कडा परिश्रम गर्नेछौं र फर्कनेछौं



अ+ अ-

एजेन्सी । पाकिस्तानका कप्तान मोहम्मद रिजवानले च्याम्पियन्स ट्रफीको सेमिफाइनलको रेसबाट टीम बाहिरिएको विषयमा स्पष्टीकरण दिएका छन् । उनले टोलीमा दुई खेलाडी साइम अयुब र फखर जमानको अनुपस्थिति मुख्य कारण रहेको बताए । दुवै चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए ।

अयुब प्रतियोगिता सुरु हुनुअघि नै खुट्टाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै, न्युजिल्याण्डविरुद्धको पहिलो खेलमा फखर घाइते भएका थिए ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तानले लिगको पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो । बिहीबार बंगलादेशसँगको अन्तिम लिग खेल वर्षाका कारण रद्द भएको थियो ।

रिजवानले बिहीबार रावलपिण्डीमा बंगलादेशविरुद्धको खेल रद्द भएपछि प्रसारकलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामी सबै धेरै निराश छौं । हामीबाट देशवासीले अपेक्षा गरेका थिए । हामीले राम्रो प्रदर्शन गर्न सकेनौं भन्ने स्वीकार गर्छौं । आशा छ हामी अझै कडा परिश्रम गर्नेछौं र फर्कनेछौं ।’

उनले साइम अयुब र फखर जमानको अनुपस्थितिले टोलीको सन्तुलन बिग्रिएको बताए । उनले भने, ‘दुवै खेलाडीले पछिल्लो केही महिनादेखि अस्ट्रेलिया, दक्षिण अफ्रिका र जिम्बाब्वेमा राम्रो प्रदर्शन गरिरहेका थिए । टोली सन्तुलित थियो। एक्कासी दुवै जना घाइते भए, जसका कारण टोलीलाई समस्या पर्यो ।’

यस्तै, रिजवानले घरेलु प्रतियोगितामा राम्रो ब्याकअपको तयारीका लागि सुधार गर्नुपर्ने बताए ।