२१ भाद्र २०८३, आईतवार
,
Latest
ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको अशान्त मणिपुर राज्यमा मिलिसिया लडाकूहरूद्वारा लुटिएका हतियारहरू समर्पण



अ+ अ-

एजेन्सी । भारतको द्वन्द्वग्रस्त मणिपुर राज्यलाई नयाँदिल्लीको प्रत्यक्ष शासनअन्तर्गत राखिएको केही दिनपछि प्रतिद्वन्द्वी जातीय समूहहरूका मिलिसिया लडाकूहरूले सुरक्षा बलहरूबाट लुटिएका दर्जनौँ बन्दुकहरू र अन्य उपकरणहरू समर्पण गरेको प्रहरीले शुक्रबार बताएको छ ।

मणिपुर सन् २०२३ मेमा मुख्यतः हिन्दू मेइतेई बहुसङ्ख्यक र मुख्यतः क्रिश्चियन कुकी समुदायबीच भएको घातक हिंसा फैलिएपछि जातीय रेखाहरूमा विभाजित भएको छ ।

भारतको युद्धग्रस्त म्यानमासँगको सीमामा रहेको यस उत्तरपूर्वी राज्यमा कम्तीमा दुई सय ६० जनाको मृत्यु भएको छ र दशौँ हजार मानिस आफ्ना घरबाट भागेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा० का मुख्यमन्त्री एन बीरेन सिंहले आफ्नो सरकारले हिंसा रोक्न पर्याप्त काम नगरेको भन्दै आलोचना भएपछि यस महिना राजीनामा दिनुभएको थियो ।

समुदायिक समूहहरूले उहाँको राजीनामा र त्यसपछि नयाँदिल्लीद्वारा प्रत्यक्ष शासन लागू गरिएकोमा स्वागत गरे र यसले पारस्परिक शङ्काहरू र राज्य अधिकारीहरूद्वारा पक्षपातको प्रतिद्वन्द्वी जातीय समूहहरूका आरोपहरू अन्त्य गर्नेछ भन्ने आशा गरे ।

मणिपुर प्रहरीले शुक्रबार एक्समा शृङ्खलाबद्ध पोस्टहरूमा राज्यभरका जातीय मिलिसियाहरूले समर्पण गरेको ह्यान्ड ग्रेनेड, पेस्तोल, राइफल, हेलमेट, बुलेटप्रुफ ज्याकेट र गोलाबारुदका फोटोहरू साझा गरेको छ । गत हप्तामा कम्तीमा तीन सय सात हतियार हस्तान्तरण गरिएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

“लुटिएका र गैरकानूनी रूपमा राखिएका हतियार र गोलीगठ्ठा समर्पण गर्न अनुरोधले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “हतियारको यस्तो स्वेच्छिक समर्पणले मणिपुर राज्यमा शान्ति, साम्प्रदायिक सद्भाव र कानूनको पुनःस्थापनामा महत्त्वपूर्ण मद्दत गर्नेछ ।”

हतियार त्याग्नेहरूलाई आपराधिक अभियोग नलगाइने प्रहरीले बताएको छ ।

मेइतेई र कुकी समुदायहरू बीच लामो समयदेखि चलिरहेको तनाव भूमि र सार्वजनिक रोजगारीका लागि प्रतिस्पर्धाको वरिपरि घुम्छन् ।

अधिकारकर्मीहरूले स्थानीय नेताहरूलाई राजनीतिक लाभका लागि जातीय विभाजनहरू बढाएको आरोप लगाएका छन् ।

सरकारी तथ्याङ्कअनुसार हिंसाको प्रकोप हुँदा मणिपुरमा महिनाौँसम्म इन्टरनेट सेवा बन्द गरिएको थियो र यसबाट लगभग ६० हजार मानिस आफ्नो घरबाट विस्थापित भएका थिए ।

निरन्तर तनावका कारण राज्यका हजारौँ बासिन्दा अझै पनि घर फर्केका छैनन् ।